कोरियामा ४७७ यात्रु बोकेको पानीजहाज दुर्घटना
####good
सोल, वैशाख ३ - दक्षिण कोरियाको इन्च्छनबाट ४ सय ७७ यात्रु बोकेर जेजु दो गइरहेको 'सेवल' नामक पानी जहाज बुधबार दुर्घटना भएको छ । जहाजमा सवार २ सय ९० यात्रु हराइरहेका छन । दुर्घटना बिहान ८ बजेर ५८ मिनेटमा छल्ला प्रदेशको छोदो समुन्द्रमा भएको हो । जहाज मंगलबार बेलुकी ९ बजे इन्च्छनबाट प्रस्थान गरेको थियो ।
कोरिया सरकारले दिउसो १:३० बजे सम्ममा ३ सय ६८ यात्रुको उद्धार गरिएको जनाएको छ । दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । उद्धार गरिएकामध्ये ७ को अवस्था चिन्ताजनक रहेको वाइटीएन टेलिभिजनले जनाएको छ । जहाजमा दुई फिलिपिनी गायिका समेत सवार थिए ।
उद्धार गरिएका यात्रुहरुको मोक्पो र हेनाम अस्पतालमा उपचार भइरहेको छ । अन्य हराइरहेका यात्रुको उद्धारमा जहाज, हेलिकप्टर, तटीय
सुरक्षा गार्डहरु सक्रिय रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति पार्क गुन ह्येले हराएका यात्रुको तत्काल उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएकी छन् । सुरक्षामन्त्री खाङ व्यङ गयु, समुन्द्री मन्त्री ली जु योङ घटनास्थलमा पुगेका छन् ।
दुर्घटनामा परेको 'सेवाल' नामक पानि जहाज ।

####
.jpg)

0 comments
Write Down Your Comment