५ वर्षपछि राजधानीका सबै सडक ८ लेनका, घरघरमा मेलम्चीको पानी
####good
२ बैशाख, काठमाडौं । सरकारले लिएको लक्ष्यअनुसार काम सम्पन्न हुने हो भने आगामी ५ वर्षभित्रै काठमाडौं उपत्यकाको मुहार फेरिने छ । त्यतिबेलासम्म हाल जारी सडक विस्तार सम्पन्न भई ८ लेनको हुनेछ भने मेलम्चीबाट राजधानीका घरघरमा चौबीसै घन्टा पानी आउनेछ । त्यही पानीले बागमती र विष्णुमती सफा हुनेछन् ।
बागमती, विष्णुमती, मनोहरा, धोबीखोलालगायत अन्य साना खोला सफा भइ वरिपरि ठूला-ठूला रुख, सुन्दर बगैंचा, साइकल लेन, फुटपाथ, फुटबल ग्राउन्डलगायत पूर्वाधार निर्माण हुनेछन् । यी सबैका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको सहरी विकास मन्त्रालयका सचिव किशोर थापले बताएको कारोबार दैनिकमा खबर छ ।
‘सरकारले फोहोर पानी प्रशोधनका लागि मात्रै १३ अर्ब रुपैयाँ छुट्याएको छ,’ उनले भने, ‘अहिले बागमतीमा बागमती सुधार आयोजनाले काम सुरु गरे पनि मनोहरा, विष्णुमतीलगायत नदीमा ढल प्रशोधन केन्द्र बनाएर प्रशोधित पानीमात्र नदीमा बगाइनेछ ।’
उपत्यकाको ढल प्रणाली सुधार र ढल प्रशोधन केन्द्र निर्माणका लागि परामर्शदाता छनोट भई डिजाइन कार्य सुरु भइसकेको सचिव थापा बताउँछन् । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण सुरु भएको ढल प्रशोधनको काम सन् २०१९ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।

####




0 comments

Write Down Your Comment