बलात्कारको आरोपमा सात वर्षका बालक थुनामा
####good
२ बैशाख, भैरहवा । सात वर्षका बालकले बलात्कार गरे ! सुन्दा पनि अचम्म लाग्छ र पत्यार लाग्दैन । चिकित्साविज्ञानले असम्भव ठानेको र कानुनले समेत कल्पना नगरेको यस्तै कसुरमा दोषी हुनसक्ने आशंका गर्दै रुपन्देहीका सात वर्षका एक बालकलाई अदालतको आदेशमा अनुसन्धानका लागि थुनामा राखिएको छ ।
सिद्धार्थनगर नगरपालिका ५ निवासी सात वर्षका बालकलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

सोही वडामा बस्ने ६ वर्षकी बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले उजुरी दिएपछि उनलाई प्रहरीले. आइतबार नियन्त्रणमा लिएको थियो । प्रहरीले आइतबारनै उनलाई अदालतमा पेस गरेको थियो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश बालचन्द्र शर्माको इजलासले बालकलाई बालमैत्री थुनाकक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
बालिकाका अभिभावकले बिहीबार बालिकामाथि करणी गरेको उजुरी प्रहरीमा दिएका थिए । बलात्कारका सम्बन्धमा कानुनी रुपमा कुनै प्रमाण नभए पनि अभिभावक र केही सामाजिक संस्थाको दबाबमा बालकलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक दीपक न्यौपानेले स्वीकार गरेका छन् ।

####




0 comments

Write Down Your Comment