परीक्षा दिने ४ सय ८० शिक्षकको परीक्षा रद्द, उत्तर पुस्तिकामा पाँचसय र हजारका नोट
####good
६ बैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा अनियमितता गर्ने ४ सय ८० परीक्षार्थीको परीक्षा रद्द भएको छ ।
उत्तरपुस्तिकामा नगद राखेर आर्थिक प्रलोभन देखाउँदै नोट नै नत्थी गरेर राख्ने ४ जना, चिठीसहित आर्थिक प्रलोभन देखाउने करिब ४ दर्जन, नागरिकताको प्रमाणपत्रसहित अनुरोधपत्र राख्ने १ जना, मुक्तकमैयाको परिचयपत्र प्रतिलिपी राख्ने १ जनाको परीक्षा रद्द भएको छ । आफ्नो नाम र मोबाइल नम्बर उल्लेख गर्नेको संख्या करिब ३ सय रहेको नेपाल समाचारपत्रमा खबर छ ।
त्यस्तै अमर्यादित कार्य गर्ने करिब डेढ सय जनाको परीक्षा रद्द गरेको भन्ने व्यहोरामा सार्वजनिक सूचना जारी गरिएको छ । परीषकलाई अवाञ्छित प्रभाव पार्न चिठी लेख्ने, उत्तरपुस्तिकाको भित्री पृष्ठमा नाम र रोल नम्बर लेख्ने, आफूलाई चिनाउने चिह्न र संकेतहरु उल्लेख गर्नेलगायतका दर्जनौं गल्ती गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको आयोगका प्रवक्ता खगेन्द्र नेपालले जानकारी दिए ।
आयोगको यही ४ गते गरेको निर्णयअनुसार ४ सय ८० जना परीक्षार्थीको परीक्षा रद्द गरेकेा जनाउँदै तीमध्ये अधिकांश तराईका परीक्षार्थी रहेकेा आयोगका अध्यक्ष उदयराज सोतीले बताए ।

####
.jpg)

0 comments
Write Down Your Comment