गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले लुम्बिनीमा उत्साह
####good
रूपन्देही : सिद्धार्थनगर (भैरहवा) स्थित गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति थालिएपछि लुम्बिनी अञ्चल र आसपासका सर्वसाधारण उत्साहित भएका छन्। यस क्षेत्रमा पर्यटकलक्षित गतिविधि पनि तीव्र बनेको छ।
विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढेकाले लुम्बिनी अञ्चल र आसपासमा उत्साह र उमंग फैलिएको अनुभव भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए।
त्यसैगरी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्ष माधव नेपालले भैरहवा विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रक्रिया अघि बढेपछि यस क्षेत्रमा ठूलाठूला होटेल र रिसोर्टजस्ता पर्यटकीय पूर्वाधारको विकास र विस्तार कार्य पनि तीव्र गतिमा अघि बढ्न थालेको बताए। विमानस्थलको स्तरोन्नति भएपछि यहाँ पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ।
आयोजनाका प्रमुख मुरारी भण्डारीले ठेकेदार कम्पनीका प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गर्ने काम भइरहेको बताए। ग्लोबल टेन्डरमा चीनका पाँच र स्पेनका दुई गरी सात कम्पनीले प्रस्ताव पेस गरेका थिए। भण्डारीका अनुसार तीव्र गतिमा काम अघि बढाउने उद्देश्यले प्राविधिक र आर्थिक प्रस्ताव एकैपटक माग गरिएको थियो। आगामी असारसम्ममा सबै प्रक्रिया पूरागरी निर्माण थाल्ने र सन् २०१७ भित्रमा पूरा गर्ने कार्यतालिका छ। आयोजनाको डिजाइन, सर्भे, नक्सांकनलगायतको काम पूरा भइसकेको छ।
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास ब्यांक (एडीबी) बोर्डले गत मार्च २५ मा दुई अर्ब ८८ करोड रुपैयाँ अर्थात् तीन करोड डलर ऋण उपलब्ध गराउने निर्णय गरेपछि आर्थिक पक्ष पनि पूर्ण भएको छ। नेपाल सरकार र एडीबीबीच थप नयाँ ऋणको सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइहेको छ। आयोजनाको कुल लागत करबाहेक करिब सात अर्ब रुपैयाँ छ। यसको ७० प्रतिशत अंश एडीबी र ओपेक (आयल एन्ड पेट्रोलियम कन्ट्री) तथा बाँकी ३० प्रतिशत नेपाल सरकार र विमानस्थल प्राधिकरणले बेहार्नेछन्।
एडीबीले पहिलो चरणको ऋण स्वीकृत गर्दा आयोजना सन् २०१५ भित्र पूरा गर्ने लक्ष्य थियो। डिजाइन र नक्सांकनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरहको बनाउन धावन मार्गको लम्बाइ बढाउनुपर्ने देखिएपछि लागत बढेकाले थप रकमको प्रस्ताव पेस गरिएको थियो।
हाल मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको भार घटाउने र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध परिपथको पर्यटकीय विकास गर्ने उद्देश्यले भैरहवा विमानस्थलको स्तरोन्नति गर्न लागिएको हो। स्तरोन्नतिपछि भैरहवा विमानस्थलको क्षमता त्रिभुवन विमानस्थलसरहको हुनेछ।
विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढेकाले लुम्बिनी अञ्चल र आसपासमा उत्साह र उमंग फैलिएको अनुभव भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए।
त्यसैगरी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्वअध्यक्ष माधव नेपालले भैरहवा विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रक्रिया अघि बढेपछि यस क्षेत्रमा ठूलाठूला होटेल र रिसोर्टजस्ता पर्यटकीय पूर्वाधारको विकास र विस्तार कार्य पनि तीव्र गतिमा अघि बढ्न थालेको बताए। विमानस्थलको स्तरोन्नति भएपछि यहाँ पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ।
आयोजनाका प्रमुख मुरारी भण्डारीले ठेकेदार कम्पनीका प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गर्ने काम भइरहेको बताए। ग्लोबल टेन्डरमा चीनका पाँच र स्पेनका दुई गरी सात कम्पनीले प्रस्ताव पेस गरेका थिए। भण्डारीका अनुसार तीव्र गतिमा काम अघि बढाउने उद्देश्यले प्राविधिक र आर्थिक प्रस्ताव एकैपटक माग गरिएको थियो। आगामी असारसम्ममा सबै प्रक्रिया पूरागरी निर्माण थाल्ने र सन् २०१७ भित्रमा पूरा गर्ने कार्यतालिका छ। आयोजनाको डिजाइन, सर्भे, नक्सांकनलगायतको काम पूरा भइसकेको छ।
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास ब्यांक (एडीबी) बोर्डले गत मार्च २५ मा दुई अर्ब ८८ करोड रुपैयाँ अर्थात् तीन करोड डलर ऋण उपलब्ध गराउने निर्णय गरेपछि आर्थिक पक्ष पनि पूर्ण भएको छ। नेपाल सरकार र एडीबीबीच थप नयाँ ऋणको सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइहेको छ। आयोजनाको कुल लागत करबाहेक करिब सात अर्ब रुपैयाँ छ। यसको ७० प्रतिशत अंश एडीबी र ओपेक (आयल एन्ड पेट्रोलियम कन्ट्री) तथा बाँकी ३० प्रतिशत नेपाल सरकार र विमानस्थल प्राधिकरणले बेहार्नेछन्।एडीबीले पहिलो चरणको ऋण स्वीकृत गर्दा आयोजना सन् २०१५ भित्र पूरा गर्ने लक्ष्य थियो। डिजाइन र नक्सांकनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरहको बनाउन धावन मार्गको लम्बाइ बढाउनुपर्ने देखिएपछि लागत बढेकाले थप रकमको प्रस्ताव पेस गरिएको थियो।
हाल मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको भार घटाउने र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध परिपथको पर्यटकीय विकास गर्ने उद्देश्यले भैरहवा विमानस्थलको स्तरोन्नति गर्न लागिएको हो। स्तरोन्नतिपछि भैरहवा विमानस्थलको क्षमता त्रिभुवन विमानस्थलसरहको हुनेछ।
####
.jpg)

0 comments
Write Down Your Comment