नेपाली दूतावासहरुमा करोडौँ अनियमितता
####good
३ बैशाख, काठमाडौं । विदेशस्थित ३२ नेपाली कुटनीतिक नियोगमा जथाभावी खर्च हुने गरेको छ । नियोगका कर्मचारीले विदेश नलगेका परिवारका नाममा र हुँदै नभएको औषधि उपचारका नाममा समेत रकम बुझेका छन् ।
ल्हासा, कतार र यांगुनसहित २४ नियोगबाट फर्जी परिवारको नाममा आठ करोड रुपैयाँ वितरण भएको महालेखा परीषकको प्रतिवेदन, २०७० लेख देखाएको छ । आश्रति परिवार विदेश लगे मात्र भत्ता लिन पाउने व्यवस्था छ ।
मन्त्रिपरिषद्को २३ जेठको निर्णयमा प्रमुख तथा कर्मचारीहरु नियोग बसुन्जेल परिवारका आश्रति सदस्य लैजान पाउने र उनीहरुलाई पारिवारिक भत्ता हुने व्यस्था गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा परशुराम काफ्लेले लेखेका छन् ।
तर, आर्थिक कारोबारसम्बन्धी निर्देशिक, ०६० ले परिवारका सदस्य आएको र फर्केको विवरण राख्ने तथा नियोग प्रमुखबाट प्रमाणित गराएर मन्त्रालय पठाउनुपर्ने अनिवार्य ब्यवस्था गरेको छ ।
२४ नियोगका कर्मचारीको मासिक तबल-भत्ता भुक्तानी गर्दा परिवार साथमा रहेको ब्यहोरा पुष्टि र्गे आधारविनै ६ करोड आठ लाख १९ हजार रुपैयाँ पारिवारिक भत्ता बाँडिएको महालेखाले जनाएको छ ।
विदेशमा नेपालका २७ दूतावास, दुई राष्ट्रसंघीय स्थायी नियोग र तीन महावाणिज्य दूतावास छन् । यी निकायले आर्थिक र नियमावलीविपरीत खर्च गर्ने गरेको र तिर्नुपर्ने कर छलेर सरकारबाट दोहोरो रकम लिएर नियोगहरुमा अनियमितता भएको खबरलाई नयाँ पत्रिकाले प्रमुख बनाएर छापेको छ ।

####
.jpg)

0 comments
Write Down Your Comment