हेलिकोप्टरबाट पोखरा मुक्तिनाथ सेवा सुरु
####good
-पोखरा ३, वैशाख । पर्यटकीय एवं धार्मिक क्षेत्र मुत्तिनाथ मन्दिरमा जाने पर्यटकलाई लक्षित गरी बुधबारदेखि हेलिकोप्टरबाट पोखरा मुत्तिनाथ सेवा सुरु भएको छ । सत्यम टुर्स एण्ड ट्राभल्सले बुधबार देखि उक्त सेवा संचालनमा ल्याएको हो । बुधबार मात्र ३ फ्लाईटबाट ७२ जना पर्यटकहरुलाई सेवा दिएको सत्यम टुर्स एण्ड ट्राभल्सका संचालक अमृत अधिकारीले बताए ।
विहान ६.:३० बजेदेखि आफ्नो सुरु गर्ने उक्त ट्राभल्सले दैनिक सेवा दिने भएको छ भने यात्रु भएको अबस्थामा दैनिक ५ फ्लाईट सम्म गर्ने अधिकारीले जनाए । प्रति यात्रु ३० हजार रुपैया भाडा रहेको ट्राभल्सले जनाएको छ । श्री एयरलाईन्सको एम आई १७ हेलिकोप्टरले पोखरा विमानस्थलबाट उडान भरी करीब ३५ मिनेटमा मुत्तिनाथ मन्दिर नजिकै पुराउने भएको छ ।
करीब दुई घण्टा मुत्तिनाथ दर्शन पनि उक्त हेलिकोप्टरले पुनः ३५ मिनेटमा मुत्तिनाथबाट पोखरा ल्याउने भएको छ । उक्त हेलिकोप्टरमा २४ जना यात्रुको क्षेमता रहेको ट्राभल्सले जनाएको छ । मुत्तिनाथ मन्दिर भन्दा करीब एक मिलोमिटर नजिकै उक्त हेलिकोप्टर ल्याड गर्ने भएको छ । मुत्तिनाथ मन्दिर दर्शन गर्न भारतीय पर्यटकहरु बढी आउने भएकोले उनीहरुलाइ लक्षित गरेर उत्त सेवा संचालनमा ल्याएको अधिकारीले बताए ।
मुत्तिनाथ मन्दिर जान तारा एयरले मुस्ताङको जोमसोमसम्म सेवा दिदै आएको छ । १९ सिट क्षेमता भएको उक्त विमानले दैनिक जसो ४/५ फ्लाईट गर्दै आएको छ । नेपालीको लागि पोखरादेखि जोमसोमसम्म गएको ५ हजार २०, भारतीय पर्यटकको लागि ७ हजार ३ सय ४० र विदेशी पर्यटकको लागि एक सय १३ डलर रहेको छ ।
धेरै पर्यटक सडक मार्ग हुदै मुत्तिनाथ दर्शन गर्न जाने गरेका छन । पटक पटक मुत्तिनाथ जाने क्रममा पर्यटकहरुले सास्ती भोग्नु परेको छ । हरियो प्लेटका सवारीलाई मुस्ताङका स्थानीयले अबरोध पुर्याउदै आएका छन् ।

####




,

0 comments

Write Down Your Comment