सफ्टवेयरका अर्बपति
####good
काठमाडौ, वैशाख ६ - फेसबुकजस्ता सामाजिक सञ्जाल निर्माण गरेर धनी भएकाको नाम सबैले सुनिरहेकै हो । त्यस्तै सफ्टवेयर व्यवसायबाटै नयाँ अर्बपतिको नाम पनि थपिने क्रम बढ्दै छ । पछिल्लोपटक सफ्टवेयर कम्पनी एटलाजियनको बजार मूल्य बढेपछि यसका सञ्चालकद्वय स्कट फाक्र्युर र माइक क्यानन ब्रुकको पनि अर्बपतिको सूचीमा नयाँ नाम थपिएको हो ।
यी दुवै अस्ट्रेलियाका सफ्टवेयर व्यवसायी हुन् ।
१२ वर्षअघि दुई जना मिलेर यो कम्पनी खडा गरेका थिए । हालसम्म आफ्नो कम्पनीको सेयर कसैलाई बिक्री नगरेकाले अहिले उनीहरूलाई बढी फाइदा भएको हो । गत साता मात्र कम्पनीको मूल्य बढेर ३ अर्ब ३० करोड डलर पुगेको थियो ।
यसपछि ३४ वर्षीय यी दुई सञ्चालकको हिस्सामा १ अर्ब १० करोड डलर परेको छ । वाल स्टि्रट जर्नलका अनुसार सन् २०१० मा कम्पनीको भ्यालुएसन ४० करोड अमेरिकी डलर थियो । अस्ट्रेलियन सफ्टवेयर कम्पनीको सम्पत्ति मूल्यांकन बढै जानुले यसको बजारको फराकिलोपना लाई प्रतिविम्बित गर्छ ।
एटलाजियनले अनलाइन बिजनेसको सफ्टवेयर 'टुल्स' विकास गर्छ । कम्पनीका आयोजना र काम गर्ने तरिकालाई समन्वय गर्न सघाउँछ । यो कम्पनीले विश्वभर ३५ हजारभन्दा बढी कम्पनीलाई सेवा दिइरहेको छ । ती कम्पनीहरूमा नाम सुनेकामा अमेरिकन एयरलाइन्स, बीएमडब्लू, फेसबुक र सिटी ग्रुप छन् । यिनबाट कम्पनीले राम्रो नगद हात पार्छ ।
दुवै सञ्चालकले सिड्नीको युनिर्भसिटी अफ न्यु साउथ वेल्समा सन् २००० ताका अध्ययन गरेका थिए । त्यही समयमा एक अर्कालाई भेटेका यी दुई प्रोग्रामरका लागि अध्ययन गर्थे । सन् २००२ मा उनीहरूले कम्पनी सुरु गर्ने योजना बनाएर त्यसैअनुसार स्विडेनको एक कम्पनीको सहयोगमा काम सुरु गरेका थिए ।
उनीहरूले आफ्नो लागत कम गर्न सेल्स स्टाफ र मार्केटिङमा खर्च नगरी वेबसाइटमार्फत अनलाइन बजारीकरण गरेका थिए । 'कुनै पनि सामान सही मूल्यमा बिक्री गरिन्छ भने इन्टरनेमा पनि बजार पाउन सक्छौं भन्ने लागेर त्यसो गरेका हौं,' फोब्र्ससँग फाक्र्युरले भनेका छन् । सुरुमा साथीसाथीका माध्यमबाट पनि धेरै उत्पादनहरू बिक्री गरिएको थियो । उनीहरूले कम्पनीको मुख्य कार्यालय सिड्नी र सनप|mान्सिस्कोमा राखेका छन् । त्यस्तै आमस्ट्रडम, योकोहामा र मनिलामा पनि शाखा विस्तार गरेका छन् ।
अस्टिन र टेक्सासमा पनि विस्तार गर्दै आगामी जुनदेखि उनीहरूले जनशक्ति बढाएर ८ सय पुर्याउने योजना बनाएका छन् । अहिले एटलाजियनमा ६ सयभन्दा बढीले रोजगारी पाएका छन् । राम्रो काम गर्ने स्थान, समाजसेवाका लागि खर्च गर्नेलगायत यसले करिब डेढ दर्जन अवार्ड पाएको छ । फाक्र्युरले एक अन्तर्वार्तामा भनेका छन्, 'म हाम्रो कम्पनीमा काम गर्ने कर्मचारीलाई यस्तो वातावरण दिन्छु, उनीहरू यसलाई छोडेर जान सक्दैनन् । गइहाले पनि पछि पछुतो हुन्छ ।'

####
.jpg)

0 comments
Write Down Your Comment