मिस नेपालमा १९ जना
####good
अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको ऐतिहासिक सफलता दोहोर्याउने लक्ष्यका साथ यतिबेला १९ सुन्दरी मिस नेपाल-२०१४ को तयारीमा व्यस्त छन्। वैशाख १९ तगते शुक्रबार देशले 'नयाँ मिस नेपाल' मात्र पाउने छैन, फिलिपिन्समा सम्पन्न हुने 'मिस वल्र्ड-२०१४' मा नेपालको प्रतिनिधित्व गर्ने नयाँ सुन्दरीसमेत प्राप्त गर्नेछ। देशका विभिन्न भागको प्रतिनिधित्व गर्दै काठमाडौंमा भेला भएका प्रतिस्पर्धी सुन्दरीहरू डेढ महिना लामो प्रशिक्षणमा व्यस्त छन्।
यसपटकको मिस नेपालमा सहभागिताका लागि १ सयभन्दा बढी युवतीले आवेदन दिएका थिए। तीमध्ये सर्टलिस्ट गरिएका ७० जनालाई छनौट चरणमा सहभागी गराइएको थियो। तीन साताअघिको अन्तर्वार्ता चरणमा धेरै युवती उचाइका कारण अयोग्य ठहरिए। त्यसबाहेक टाटु खोपेका कारण पनि केही युवती अयोग्य भएको आयोजक संस्थाले जनाएको छ। आयोजक संस्थाकी कार्यकारी अधिकृत श्वेता सिंहका अनुसार सहभागी युवतीहरूको उचाइमा सम्झौता गर्न सक्ने स्थिति थिएन। 'हामीले सम्झौता गरे पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सिधै नकारिन्छ', श्वेताका अनुसार सबै कुरामा उत्कृष्ट भए पनि उचाइका कारण यसपटक धेरै राम्रा प्रतिस्पर्धी गुमाउन बाध्य हुनुपर्यो। 'यसपटकको प्रतिस्पर्धामा ज्यादै प्रतिभाशाली युवतीदेखि कमजोर युवतीहरू पनि प्रशिक्षणमा सहभागी छन्', श्वेता भन्छिन्— 'सुपर मोडलदेखि फेसन र मोडलिङसँग सम्बन्ध नभएका बिल्कुलै नयाँ युवतीसम्म मिस नेपालमा सहभागी छन्।'
यसपटकको प्रतियोगितामा करिब ७५ प्रतिशत प्रतिस्पर्धी कुनै नै कुनै सौन्दर्य प्रतियोगिताका विजेता, उपविजेता तथा सुपर मोडलहरू छन्। सुपरमोडलका रूपमा स्थापित सिनामंगल, काठमाडौंकी आस्था पोखरेल प्रतियोगिताकै सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन्। उनी ५ फिट ९ इन्च अग्ली छिन्। यसअघि उनले सिंगापुर तथा बैंककमा भएका अन्तर्राष्ट्रिय मोडल प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी छिन्। सन् २०१२ मा सिंगापुरमा सम्पन्न एसियाज नेक्स्ट टप मोडल प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुग्न सफल आस्था सन् २०१३ मा बैंककमा भएको सुपर मोडल इन्टरनेसनलको उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाइसकेका कारण आस्थामा मिस नेपालको उपाधि जित्न सक्ने आत्मविश्वास छ। प्रतियोगितामा ५ फिट ७ इन्च भन्दा अग्ला युवतीको संख्या बढी छ।
यसपटकको मिस नेपालमा मिस पूर्वाञ्चल, मिस चितवन, मिस पोखरा, मिस ई-कलेज, मिस टिन नेपाल, मिस तामाङ आदि सौन्दर्य प्रतिस्पर्धाका विजेता तथा उप-विजेताहरूले समेत प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिस्पर्धीहरूमध्ये बालाजु, काठमाडौंकी प्रिन्सा श्रेष्ठ मिस टिन कलेज-२००८ की विजेता हुन् भने नेहा बजाज मिस पूर्वाञ्चल-२०१३ की विजेता हुन्। पाँचथरकी वर्षा राई मिस पूर्वाञ्चल-२०१३ की सेकेन्ड रनर्सअप हुन्। रसुवाकी लाक्पा वाङ्मो तामाङ मिस तामाङ-२०१३ की विजेता हुन् भने धरानकी सुबिन लिम्बु मिस मंगोल-२०१० की उप-विजेता हुन्। गोरखाकी प्रियंका भण्डारीले सन् २०१२ को मिस ग्लोबल इन्टरनेसनलको उपाधि जितेकी थिइन्। नवलपरासीकी नमिता गुरुङ मिस तमुस्यो नेपाल-२०११ की, काठमाडौंकी ग्रीष्मा बस्नेत मिस ई-कलेज-२०१२ की, इमाडोल, ललितपुरकी रस्मिता महर्जन २०१० मा सम्पन्न मेगा मोडलकी तथा चितवनकी शीतोष्णा बन मिस चितवन-२०१३ की विजेता हुन्। काठमाडौंकी अलिशा कुँवर भने मिस टिन नेपाल-२०१० की सेकेड रनर्सअप तथा मिस ग्लोबल नेपाल-२०१२ की उप-विजेता हुन्। पोखराकी रश्मि अधिकारी मिस पोखरा-२०१३ की विजेता हुन्। ललितपुरकी प्रनयना केसी वर्ष २००८ कै मिस नेपालकी एक प्रतिस्पर्धी हुन्। प्रतिस्पर्धामा सहभागी युवतीहरूमध्ये जनकपुरकी प्रियंका झा, नुवाकोटकी सरला नेपाल, पोखराकी सोनी राजभण्डारी, झापाकी रजनीता भेटवाल तथा मोरंगकी ऋचा भट्टराईले मात्र यसअघि कुनै सौन्दर्य तथा मोडलिङ प्रतियोगितामा भाग लिएका छैनन्।
यसवर्षको मिस नेपालका लागि २० जना सुन्दरी छनौट भएका थिए। प्रशिक्षणका क्रममा एक जना युवतीले नाम फिर्ता लिएपछि अब १९ जना सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने युवतीहरूको छनौटपूर्व मिस नेपाल तथा आयोजक हिडन टे्रजरकी कार्यकारी अधिकृत श्वेता सिंह, पूर्व मिस नेपाल माल्भिका सुर्बा, कोरियोग्राफर रचना गुरुङ, हिडन टे्रजरका निर्देशक सुवर्णबहादुर क्षेत्री, गिरेन्द्रमान राजवंशी तथा शरदकृष्ण श्रेष्ठ सम्मिलित निर्णायक समूहले गरेको थियो।
'फ्यान्टा द हिडेन टे्रजर मिस नेपाल-२०१४' शीर्षक राखिएको यो प्रतियोगिता भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुनेछ। नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने मिस नेपालकी विजेताले पाउने नगद पुरस्कार रकम पनि बढाइएको छ। यो वर्षदेखि मिस नेपाल (वल्र्ड) को उपाधि जित्ने युवतीले नगद १ लाख रुपैयाँ पाउनेछिन् भने फस्र्ट रनर्सअप (मिस नेपाल-अर्थ) ले ६५ हजार रुपैयाँ तथा सेकेन्ड रनर्सअप (मिस नेपाल-इन्टरनेसनल) ले ४० हजार रुपैयाँ पाउनेछन्।
प्रशिक्षणका क्रममा मिस नेपाल-२०१४ का प्रतिस्पर्धीहरू विभिन्न सामाजिक तथा व्यावहारिक कार्यमा पनि सहभागी भैरहेका छन्। सबै सुन्दरी हरेक दिन बिहान त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस सेन्टरमा फिजिकल फिटनेसका लागि उपस्थित भैरहेका छन्। बिहान १०ः३० बजेदेखि उनीहरू प्रशिक्षणमा व्यस्त हुन्छन्। प्रशिक्षणका क्रममा क्याटवाक, आई कन्ट्याक्ट, हेयर एन्ड मेकअपसहित व्यक्तित्व विकासका कक्षाहरू पनि सञ्चालन भैरहेका छन्। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले उनीहरूलाई विधागत प्रशिक्षण दिइरहेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत सबै सुन्दरीलाई सौराहाको स्थलगत भ्रमणमा समेत लगिएको छ। यसका साथै उनीहरू सामसुङ मोबाइलको 'एन्टी ग्रे' अभियानका लागि फोटोसुटमा समेत सहभागी भए। अनधिकृत सामग्रीको साटो वैधानिक सामग्री प्रयोग गरौं भन्ने जनचेतना फैलाउन 'एन्टी ग्रे' अभियान सञ्चालन भैरहेको छ।
मिस नेपाल-२०१४ का प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर रचना शर्मा गुरुङ, पूर्व मिस नेपालहरू श्वेता सिंह र माल्भिका सुब्बा, फोटोग्राफर राजभाइ सुवाल, मेकअप आर्टिष्ट सकिल कुँवर, फिजिकल फिटनेस प्रशिक्षक निरोज लामाले नियमित प्रशिक्षण दिइरहेका छन्। त्यसअघि अन्तिम प्रतिस्पर्धामा छानिएका युवतीहरू अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा उनीहरूलाई मिस नेपालका चुनौती र सम्भावनाका सम्बन्धमा जानकारी गराइएको थियो। उक्त कार्यक्रममा हिडन ट्रेजरका निर्देशक सुवर्णबहादुर क्षेत्रीले सृष्टि श्रेष्ठ र इशानी श्रेष्ठले प्रारम्भ गरेको पहिचानको श्रृंखलालाई नयाँ मिस नेपालले पूर्णता दिनुपर्ने विचार व्यक्त गरेका थिए। 'सृष्टिले दौड प्रारम्भ गरिन्, इशानीले त्यसलाई गति दिइन्। दौड पूरा गर्ने जिम्मेवारी अबको मिस नेपालमा छ,' क्षेत्रीले उल्लेख गरेका थिए। पूर्व मिस नेपाल श्वेता सिंहले सहभागी प्रतिस्पर्धीले मिस नेपालको उपाधिसँगै धेरै कुरा सिकेर जान सक्ने सम्भावना रहेको बताइन्। 'यहाँबाट जाँदा तपाईंले धेरै कुरा लिएर जानु हुनेछ, श्वेताको भनाइ थियो— 'मिस नेपालको लक्ष्य समाजमा कम्तीमा १९-२० जना फरक सोच राख्ने युवती तयार गर्नु हुनेछ।'
प्रायः काठमाडौंका युवतीहरूले मात्र मिस नेपालमा प्रतिस्पर्धा गरिरहेकोमा यसपटक काठमाडौं बाहिरबाट पनि उल्लेख्य रूपमा सहभागी छन्। काठमाडौंबाहिर नुवाकोट, रसुवा, पोखरा, नवलपरासी, चितवन, सुनसरी, मोरङ, झापादेखि पाँचथरसम्मका युवतीले भाग लिएका छन्।
यसपटक अझ बढी प्रतिभाशाली प्रतिस्पर्धी
गोपाल सुन्दरलाल कक्षपति, अध्यक्ष, दि हिडन ट्रेजर
प्रतियोगिताको तयारी कस्तो छ ?
असाध्यै राम्रो छ। प्रतियोगिताका लागि तयार पारिएको कार्य-तालिका अनुसार नै सबै काम अघि बढेको छ। प्रतिस्पर्धीहरू यतिबेला प्रशिक्षणमा व्यस्त छन्।
तयारीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु। सबै प्रशिक्षकले प्रभावकारी ढंगले प्रशिक्षण दिइरहनुभएको छ। प्रतिस्पर्धीहरूमा समेत सिक्ने भावना छ। एक-से-एक युवती आफूलाई अब्बल साबित गर्न कडा मेहनत गरिरहेका छन्।
विगतको तुलनामा यसपटकका प्रतिस्पर्धीहरू कस्ता छन् ?
हरेक वर्ष हामी प्रतिभाशाली युवतीहरूले मिस नेपालमा सहभागिता जनाऊन्, सबैभन्दा प्रतिभाशाली युवती मिस नेपाल बनून् भन्ने चाहन्छौं। यसपटक काठमाडौं बाहिरका सहभागीहरूको संख्या पनि उल्लेख्य छ। त्यसबाहेक कुनै न कुनै ब्युटी पेजेन्टको अनुभव लिएर आउनेहरूको संख्या बढी छ।
समग्र प्रतियोगितामा नयाँ के छ ?
यसपटक हामीले पुरस्कारको राशि बढाएका छौं। मिस नेपालकी विजेताले अब नगद १ लाख रुपैयाँ पाउनेछिन्। फस्र्ट रनर्सअप र सेकेन्ड रनर्सअपलाई पनि क्रमशः ६५ हजार र ४० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसबाहेक शीर्षक उपाधिका लागि पनि केही कम्पनी उत्साहित छन्। निणर्ायक प्रतियोगितासम्ममा पुरस्कार थपिन सक्छ।
प्रशिक्षणमा केही नयाँपन दिँदै हुनुहुन्छ कि ?
हामी यसपटक सबै प्रतिस्पर्धीलाई रिफ्रेसमेन्ट तथा फिल्ड भिजिटका लागि सौराहा लाँदैछौं। ६ हप्ता लामो प्रशिक्षणका क्रममा २-३ दिनको सौराहा भ्रमणले सहभागीहरूलाई रिफ्रेस मात्र गराउने छैन, उनीहरूले त्यहाँको मौलिक संस्कृति, वन्यजन्तू, वातावरण सम्बन्धि अध्ययन समेत गर्न पाउनेछन्। यसका लागि डब्ल्यू डब्ल्यू एफले सहकार्य गर्दैछ।
सृष्टि र इशानीभन्दा अघि बढ्ने युवती चाहिएको छ
सुर्वण बहादुर क्षेत्री, निर्देशक, दि हिडन ट्रेजर
मिस नेपालको प्रशिक्षणलाई नजिकबाट नियालिरहनुभएको छ, कस्तो लागिरहेको छ ?
हामीले सोचेभन्दा राम्रो शैलीमा प्रशिक्षण भैरहेको छ। रचना शर्मा गुरुङको कोरियोग्राफी, सकिल कुँवरको हेयर तथा मेकअपसम्बन्धी प्रशिक्षण, श्वेता सिंहको आत्मविश्वास बढाउने टिप्स, डा.आयुष्मान घिमिरेको छालासम्बन्धी ज्ञान, रञ्जित आचार्यको पोजेटिभ थिङकिङसम्बन्धी कक्षा प्रभावकारी छन्।
यसपटकको मिस नेपालको नौलो पक्ष के छ ?
सौराहाको भ्रमण, महिला सशक्तीकरणसम्बन्धी एकदिने कार्यशाला तथा दुई जना डिजाइनरका पहिरनलाई हामीले नौलो मानेका छौं। यसपटकको प्रतियोगितामा प्रतिस्पर्धीहरूले सभा नेपाल र इन्सपायर बुटिकले तयार पारेका पहिरन लगाउनेछन्। सभा नेपाल अर्थात् साउथ एसियन ओमन बेस्ट ह्यान्ड वर्कका डिजाइनरहरूले हातैले तयार पारेका पहिरनको प्रदर्शनी विशेष रहनेछ।
विगतमा सृष्टि श्रेष्ठ र इशानी श्रेष्ठले हासिल गरेको सफलताले निरन्तरता पाउला ?
दुई वष्र्ाअघि सृष्टि र एक वर्षअघि इशानीले मिस वल्र्डमा जसरी नेपाललाई चिनाए, यसपटक हामीले त्योभन्दा बढी अपेक्षा राखेका छौं। सृष्टि र इशानीले अघि बढाएको अभियान यसअघि एक कदम अघि बढ्ने छ भन्ने कुरामा हामी ढुक्क छौं।
सरकारबाट असहयोग पाएको चर्चा गर्नु भएको थियो नि ?
हामीले २० वर्षका दौरान जे-जति गर्न सक्थ्यौं, हामीले गर्यौं। मिस नेपाल अब हिडन टे्रजरको मात्र इभेन्ट रहेन। नेपालको पर्यटनसँग प्रत्यक्ष जोडिएको मिस नेपाल प्रतियोगितामा अब सरकार पनि जोडिनुपर्छ भन्ने हाम्रो भनाइ हो। यसलाई नेक्स्ट लेभलमा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा अब सरकार पनि अघि बढ्नु पर्यो।
सरकारले अग्रसरता देखाउला त ?
हामीले आग्रह गरिरहेका छौं तर खासै सकारात्मक लक्षण देखेका छैनौं। नेपाललाई विश्वसामु चिनाउने एउटा गतिलो माध्यम मिस वल्र्ड बनिसकेको छ। मिस वल्र्ड प्रतियोगितामा मिस नेपालले नेपालको प्रतिनिधित्व गर्ने भएपछि यो प्रतियोगितामा सरकारले चासो दिनु पर्ने हो नि ! तर, खै किन चासो दिन गाह्रो मानिरहेको छ, हामीले बुझेका छैनौं।
यस्ता छन् मिस नेपालका प्रतिस्पर्धी
प्रिन्सा श्रेष्ठ, २१ वर्ष
बालाजु, काठमाडौंमा जन्मिएकी प्रिन्सा श्रेष्ठ ५ फिट साढे ७ इन्च अग्ली छिन्। शंकरदेव क्याम्पसमा बीबीए अन्तिम वर्षमा अध्ययरत प्रिन्सालाई लेखन, खेलकुद तथा सपिङमा रुचि छ। सफल फाइनान्स म्यानेजर बन्ने लक्ष्य लिएकी प्रिन्साले मिस नेपालको सहभागितालाई व्यक्तित्व विकाससँग जोडेकी छिन्। सन् २००८ मै मिस टिन कलेजको उपाधि जितिसकेकी प्रिन्सा व्यक्तित्व विकास गर्न तथा मिस नेपालको उपाधि जित्न यो प्रतियोगितामा सहभागिता जनाएको बताउँछिन्। प्रिन्सा भन्छिन्- 'मिस नेपाल एउटा त्यस्तो प्लेजर्फम हो, जहाँबाट आफ्नो भ्वाइस हरेक वर्गसम्म पुर्याउन सकिन्छ।'
वर्षा राई, १९ वर्ष
पाँचथरमा जन्मिएकी वर्षा राई अहिले दमक, झापामा स्थायी बसोबास गरिरहेकी छिन्। ५ फिट ५ इन्च अग्ली वर्षा सन् २०१३ मा सम्पन्न मिस पूर्वाञ्चलकी सेकेन्ड रनर्सअप हुन्। दमक बहुमुखी कलेजमा इन्जिनियरिङमा बीएस्सी तेस्रो वर्षमा अध्ययरत वर्षा गायन एवं अध्ययन रुचि राख्छिन्। वातावरणविद् बन्ने लक्ष्य लिएकी वर्षा व्यक्तित्व विकास, फेसन तथा मोडलिङका बारेमा जानकारी लिन मिस नेपालमा सहभागी भएको बताउँछिन्। वर्षाले मिस नेपालको तयारीका क्रममा दिइएको प्रशिक्षण जीवनोपयोगी भएको बताइन्।
प्रियंका झा, २२ वर्ष
जनकपुरकी प्रियंका झा ५ फिट साढे ६ इन्च अग्ली छिन्। मेडिकल साइन्समा स्नातक (बीएमसी) गरिरहेकी प्रियंका उपन्यास पढ्न, यात्रा गर्न तथा चलचित्र हेर्न रुचाउँछिन्। यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता नजनाए पनि प्रियंका मिस नेपाल-२०१४ मा उपाधि जित्नैका लागि सहभागी भएको धारणा व्यक्त गर्छिन्। सफल व्यक्ति बन्ने लक्ष्य लिएकी प्रियंकाका अनुसार मिस नेपालको प्रशिक्षणबाट आफ्नो व्यक्तित्व विकास अर्थात् सेल्फ ग्रुमिङ मात्र भएको छैन त्यसले समाजप्रति उत्तरदायी हुन पनि सिकाएको छ।
लाक्पा वाङ्मो तामाङ, २१ वर्ष
बार्खो, रसुवामा जन्मिएर विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी लाक्पा वाङ्मो तामाङ ५ फिट ४ इन्च अग्ली छिन्। नर्सिङकी यी छात्रा सन् २०१३ की मिस तामाङसमेत हुन्। उक्त प्रतियोगितामा विजयी भएपछि सोझै मिस नेपालको प्रतिस्पर्धी बन्न सफल लाक्पालाई नृत्य गर्न र आउटडोर गेम खासगरी पौडी मनपर्छ। मिस तामाङको सहभागिता तथा सफलतालाई सुरुवात मात्र मान्ने लाक्पाले मिस नेपालको उपाधिलाई आफ्नो लक्ष्य बताएकी छिन्।
सुविन लिम्बु, २३ वर्ष
धरानकी स्थायी बासिन्दा सुबिन लिम्बू ५ फिट ८ इन्च अग्ली छिन्। काठमाडौंमै बसोबास गरेर थेम्स कलेजमा बीबीए अध्ययन गरिरहेकी सुबिन वर्ष २०१० मा सम्पन्न मिस मंगोलकी फस्र्ट रनर्सअप हुन्। अध्ययन, कविता लेखन तथा नयाँ शब्दको खोजीमा विशेष रुचि राख्ने सुबिनले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन्। मिस नेपालको क्राउन जित्नकै लागि यो प्रतियोगितामा सहभागिता जनाएको बताउने सुबिन प्रशिक्षणका क्रममा सिकेका कुराले आफूलाई अघि बढ्न सहयोग पुर्याइरहेको धारणा व्यक्त गर्छिन्।
प्रियंका भण्डारी, १९ वर्ष
गोरखाकी स्थायी बासिन्दा प्रियंका भण्डारी लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेकी छिन्। ५ फिट ५ इन्च इन्च अग्ली प्रियंका मानविकी संकायमा स्नातक गर्दैछिन्। कविता तथा उपन्यास लेखनमा रुचि राख्ने प्रियंका सन् २०१२ मा सम्पन्न मिस ग्लोबल इन्टरनेसनलकी उपाधि विजेतासमेत हुन्। दुई वर्षअघिको उक्त उपाधिले आफूलाई मिस नेपालमा सहभागिता जनाउन प्रेरित गरेको बताउने प्रियंका आफ्नो व्यक्तित्वमा थप निखार ल्याउन मिस नेपालको उपाधि जित्न चाहन्छिन्। प्रियंका भविष्यमा सफल इन्टरप्रेनर बन्ने लक्ष लिएर अघि बढिरहेकी छिन्।
नेहा बजाज, २१ वर्ष
धरानकी नेहा बजाज ५ फिट ७ इन्च अग्ली छिन्। गत वर्ष सम्पन्न मिस पूर्वाञ्चालमा विजेता भएपछि उनी सोझै मिस नेपालमा सहभागिता जनाउन आएकी हुन्। बिराटनगरमा चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेकी नेहा फुर्सदमा बास्केटबल खेल्न मन पराउँछिन्। मिस पूर्वाञ्चलको उपाधिले आत्मविश्वास बढेको अनुभव गरेकी नेहाले मिस नेपालमा सफल हुन कडा परिश्रम गरिरहेको उल्लेख गरिन्। नेहा मिस नेपालको प्रशिक्षणले समग्र व्यक्तित्व विकास भैरहेकोमा खुसी पनि छिन्।
नमिता गुरूङ, २१ वर्ष
नवलपरासीकी नमिता गुरुङ ५ फिट ५ इन्च अग्ली छिन्। बीबीएस तेस्रो वर्षकी यी छात्रा यात्रा गर्न मन पराउँछिन्। सन् २०११ मा सम्पन्न मिस तमुस्यो नेपालमा विजयी भएपछि उनी मिस नेपालमा सहभागी भएकी हुन्। आफ्नो प्रतिभालाई अझ निखार्दै सबैका सामु आफूलाई चिनाउने लक्ष्य पूरा गर्न उनी मिस नेपालमा सहभागी भएकी हुन्। उनले मिस नेपालको उपाधि जिते विश्वसामु नेपाललाई कसरी प्रतिनिधित्व गर्नुपर्छ भन्ने खाकासमेत बनाइसकेको उल्लेख गरिन्। गुरुङ भविष्यमा सफल, खुशी र सन्तुष्ट रहन चाहन्छिन्।
ग्रीष्मा बस्नेत, १९ वर्ष
काठमाडौंकी स्थायी बासिन्दा ग्रीष्मा बस्नेत ५ फिट ५ इन्च अग्ली छिन्। स्नातक प्रथम वर्षकी यी छात्रा संगीत सुन्न, नृत्य गर्न तथा मनपरेका मानिसहरूसँग समय बिताउन मन पराउँछिन्। सन् २०१२ को मिस ई-कलेजकी विजेता ग्रीष्मा आफ्नो सानैदेखिको सपना साकार बनाउन मिस नेपालमा सहभागी भएको बताउँछिन्। ग्रीष्माले भविष्यमा सफल फेसन डिजाइनर बनेर उक्त क्षेत्रको चम्किलो तारा बन्ने लक्ष्य लिएकी छिन्।
रश्मिता महर्जन, २१ वर्ष
इमाडोल, पाटनकी रश्मिता महर्जन ५ फिट साढे ६ इन्च अग्ली छिन्। कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेकी रश्मिता सन् २०१० मा सम्पन्न मेगा मोडल प्रतियोगिताकी विजेतासमेत हुन्। यात्रा गर्न रुचाउने रश्मिताले मिस नेपालको सहभागितालाई सानैदेखिको सपना बताएकी छिन्। यस वर्षको मिस नेपालमा सहभागी भएका सबै प्रतिस्पर्धी प्रतिभाशाली भएकोमा उपाधिका लागि कडा मेहनत गर्नुपर्ने उनको राय छ। महर्जन भविष्यमा सफल व्यक्ति बन्न चाहन्छिन्।
शीतोष्णा बन, २१ वर्ष
टाँडी, चितवनकी शीतोष्णा बन ५ फिट ८ इन्च अग्ली छिन्। वर्ष २०७० मा सम्पन्न मिस चितवनमा शीर्ष उपाधि जितेपछि उनी सोझै मिस नेपालमा सहभागी भएकी हुन्। चितवनकै अक्सफोर्ड कलेजमा बीबीए सातौं सेमेस्टरमा अध्ययरत शीतोष्णालाई गायन, नृत्य तथा नयाँ मानिसहरूसँग कुराकानी गर्ने कुरामा रुचि छ। मिस चितवनको तुलनामा मिस नेपालको प्रशिक्षणबाट धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गर्ने शीतोष्णाले व्यक्तित्व विकास तथा फिटनेसको प्रशिक्षण विशेष भएको बताइन्। शीतोष्णाले भविष्यमा सफल व्यवसायी बनेर समाजसेवा गर्ने योजना बनाएकी छिन्।
अलिशा कुँवर, २१ वर्ष
कीर्तिपुर, काठमाडौंकी अलिशा कुँवर ५ फिट ७ इन्च अग्ली छिन्। बि्रटिश कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययरत अलिशा वर्ष २०१० मा सम्पन्न मिस टीन नेपालकी सेकेन्ड रनर्सअप तथा वर्ष २०१२ मा सम्पन्न मिस ग्लोबल नेपालकी फस्र्ट रनर्सअप समेत हुन्। उनी सन् २०१२ को मिस नेपालमा पनि प्रतिस्पर्धी थिइन्। उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल भएकी अलिशा यसपटक उपाधि जित्नका लागि नै प्रतिस्पर्धामा सहभागी भएको बताउँछिन्। गायन एवं उपन्यास पढ्न मन पराउने अलिशाले भविष्यमा क्लिनिकल साइकोलोजिस्ट बन्ने लक्ष्य लिएकी छिन्।
सरला नेपाल, २३ वर्ष
तुप्चे, नुवाकोटकी सरला नेपाल लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेकी छिन्। ५ फिट ८ इन्च अग्ली सरला पर्यटन विषयमा स्नातक (बीटीटीएस) गरिरहेकी छिन्। यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता नजनाएकी सरला नृत्य गर्ने अनि खाना पकाउने कुराकी सौखिन छिन्। सरलाले हजुर आमाको सपना पूरा गर्न मिस नेपालमा सहभागिता जनाएको बताइन्। मिस नेपालको प्रशिक्षण प्रारम्भ हुनुभन्दा करिब तीन साताअघि उनकी हजुरआमाको निधन भयो। हजुरआमाको निधनले प्रतिस्पर्धामा अझ मेहनत गरेर उनको सपना पूरा गर्ने चुनौती थपिएको सरला बताउँछिन्। सरलाले भविष्यमा सफल पर्यटन व्यवसायी बन्ने लक्ष्य लिएकी छिन्।
रश्मि अधिकारी, २० वर्ष
सुन्दरमार्ग, पोखराकी रश्मी अधिकारी ५ फिट ७ इन्च अग्ली छिन्। नर्सिङकी यी छात्रामा नृत्य, गायन तथा भ्रमणको सौख छ। सन् २०१३ मा पोखरामा सम्पन्न मिस पोखरामा विजयी भएपछि रश्मिले मिस नेपालमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन्। मिस नेपाल बन्ने सानैदेखिको चाहना पूरा गर्ने मौका आएको बताउने रश्मि प्रतिस्पर्धा भने कडा हुने अनुमान गर्दैछिन्।
सोनी राजभण्डारी, २३ वर्ष
माझबार, पोखराकी सोनी राजभण्डारी ५ फिट ५ इन्च अग्ली छिन्। हालै मात्र बीबीएको अध्ययन पूरा गरेकी सोनी फुर्सदमा फेसनसम्बन्धी ब्लगहरू अध्ययन गर्न रुचाउँछिन्। यसबाहेक उनलाई समाजसेवामा पनि रुचि छ। सोनीले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन्।
आस्था पोखरेल, २२ वर्ष
सिनामंगल, काठमाडौंकी स्थायी बासिन्दा आस्था पोखरेल ५ फिट ९ इन्च अग्ली छिन्। नर्सिङकी यी छात्रा संगीत, चित्रकला एवं नृत्यमा रुचि राख्छिन्। सन् २०१२ मा सिंगापुरमा सम्पन्न एसियाज नेक्स्ट टप मोडल प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुग्न सफल आस्था सन् २०१३ मा बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनलको उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन्। मोडलिङमा राम्रो दख्खल भएकी आस्थाले आफ्नो व्यक्तित्व बढाउन मिस नेपालमा सहभागिता जनाएको स्पष्ट पारिन्। आस्था कला क्षेत्रमा करियर बनाउन चाहन्छिन्।
रजनीता भेटवाल, २२ वर्ष
बिर्तामोड, झापाकी स्थायी बासिन्दा रजनीता भेटवाल विगत ६ वर्षदेखि काठमाडौंमा छिन्। ५ फिट ५ इन्च अग्ली रञ्जिता कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएको यो पहिलो अवसर हो। चार्टर्ड एकाउन्टेन्सीकी यी छात्रा नृत्य गर्न, इन्टरनेट चलाउन तथा पुस्तक पढ्न मन पराउँछिन्। आत्मविश्वास बढाउन तथा व्यक्तित्व विकास गर्न मिस नेपालमा सहभागी भएको बताउने रजनीताले भविष्यमा सफल चार्टड एकाउन्टेन्ट बन्ने लक्ष्य लिएकी छिन्।
प्रनयना केसी, २५ वर्ष
गोदावरी, ललितपुरकी प्रनयना केसी अस्टे्रलियाबाट नेपाल आएकी हुन्। ५ फिट ८ इन्च अग्ली केसीले अस्टे्रलियाबाटै मानवअधिकार विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन्। नेपालको मानवअधिकारका बारेमा थेसिस गर्ने महत्वपूर्ण काम गर्न स्वदेश फर्किएकी प्रनयनाले मिस नेपालको सहभागितालाई अवसरका रूपमा लिएकी छिन्। नृत्य, संगीतका साथै युट्युबमा रमाइला भिडियो हेर्न मन पराउने प्रनयनाले यसअघि सन् २००८ को मिस नेपालमा भाग लिएकी थिइन्। त्यतिबेला विविध कारणले यो प्रतिस्पर्धा हुन सकेको थिएन। प्रनयनाले भविष्यमा संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य लिएकी छिन्।
ऋचा भट्टराई, २० वर्ष
इटहरा, मोरङकी ऋचा भट्टराई ५ फिट साढे ६ इन्च अग्ली छिन्। कानुन संकायअन्तर्गत एलएलबी चौथो वर्षकी यी छात्राले यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी थिइनन्। भविष्यमा न्यायाधीशको कुर्सीमा बसेर न्याय-अन्याय छुट्याउने लक्ष्य लिएकी ऋचा यात्रा गर्न, पुस्तक पढ्न तथा चलचित्र हेर्न मनपराउँछिन्। सौन्दर्य प्रतियोगिताको विरोध गर्नेहरूलाई यो प्रतियोगिता व्यक्तित्व बढाउने, देशको नाम राख्ने राम्रो माध्यम भएको प्रमाणित गर्न आफू मिस नेपालमा सहभागी भएको उनको तर्क छ।

सुर्वण बहादुर क्षेत्री, निर्देशक, दि हिडन ट्रेजरमिस नेपालको प्रशिक्षणलाई नजिकबाट नियालिरहनुभएको छ, कस्तो लागिरहेको छ ?

####
.jpg)

0 comments
Write Down Your Comment