पचासभन्दा बढी नीलगाई फेला
####good
महोत्तरी,बैशाख१६– महोत्तरी जिल्लाको दक्षिण–पश्चिम सीमानाकामा अवस्थित इटहर्वाकट्टी गाविसमा आज एकैसाथ ५० भन्दा बढी नीलगाई फेला परेका छन् । दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई सो गाविसको वनमा आज देखिएको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलो रङका ती जनावर एक्कासि सो गाविसको वनमा आएपछि गाउँलेको ओइरो लागेको स्थानीयवासी अजय मण्डलले बताए ।नीलगाईले तरकारीबालीमा प्रवेश गरेर सबै खाइदिएको स्थानीयवासी अवधेश कापरले बताउनुभयो । यसबारे स्थानीयवासीले जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयमा जानकारी गराइसकेका छन् । अहिले माथिल्लो जङ्गलमा डढेलो, चोरी सिकार जस्ता क्रियाकलापमा तीव्रता आएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् ।
####
.jpg)



0 comments
Write Down Your Comment