गाई काटेर खाने महिला हिरासतमा
####good
प्यूठान, वैशाख १२ – प्यूठानमा गाई काटेर खाएको आरोपमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वर्गद्वारी खाल गाविस वडा नं ७ स्थित नस बस्ने रमिला घर्ति र हिमाली घर्र्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । मासु खानका लागि जिउँदै गाई काटेर खाएको यो नै जिल्लाको पहिलो घटना हो ।
प्रहरी चौकी स्वर्गद्वारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीवार बिहान पक्राउ गरेको हो । अभियोग लागेका उनीहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैशाख १० गते रातीको समयमा गाई काटेर घरमा मासु राखेका उनीहरुलाई स्थानीयबासिन्दाले बिहीवार बिहानसम्म पनि मासु काट्दै गरेको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
रक्सीले मातेको अवस्थामा रमिलाले घरमै पालेको गाईंलाई छिमेकी हिमालीलाई बोलाएर काटेको बयान उनीहरुले दिएका छन् ।
मुलुकी ऐनको महल ७ को १ नम्बरमा मारौं भन्ने नियत लिई गाई, गोरु मार्न, मार्न लगाउन, मार्नाको उद्योग गर्न, सो नियतले विदेशमा लैजान वा लगी बिक्री गर्न समेत हुंदैन भन्ने लेखिएको छ । महल ७ को ११ नम्बरमा जानी जानी गाई गोरु मार्नेलाई बाह्र वर्ष र बचन दिनेलाई छ वर्ष कैद गर्नुपर्छ भन्ने लेखिएको छ ।
स्वर्गद्वारी खाल गाविस वडा नं ७ स्थित नस बस्ने रमिला घर्ति र हिमाली घर्र्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । मासु खानका लागि जिउँदै गाई काटेर खाएको यो नै जिल्लाको पहिलो घटना हो ।प्रहरी चौकी स्वर्गद्वारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीवार बिहान पक्राउ गरेको हो । अभियोग लागेका उनीहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैशाख १० गते रातीको समयमा गाई काटेर घरमा मासु राखेका उनीहरुलाई स्थानीयबासिन्दाले बिहीवार बिहानसम्म पनि मासु काट्दै गरेको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।
रक्सीले मातेको अवस्थामा रमिलाले घरमै पालेको गाईंलाई छिमेकी हिमालीलाई बोलाएर काटेको बयान उनीहरुले दिएका छन् ।
मुलुकी ऐनको महल ७ को १ नम्बरमा मारौं भन्ने नियत लिई गाई, गोरु मार्न, मार्न लगाउन, मार्नाको उद्योग गर्न, सो नियतले विदेशमा लैजान वा लगी बिक्री गर्न समेत हुंदैन भन्ने लेखिएको छ । महल ७ को ११ नम्बरमा जानी जानी गाई गोरु मार्नेलाई बाह्र वर्ष र बचन दिनेलाई छ वर्ष कैद गर्नुपर्छ भन्ने लेखिएको छ ।
####
.jpg)

0 comments
Write Down Your Comment