अर्घाखाँचीको नरपानीमा दुर्घटना ११ जनाको मृत्यु
####good
अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा बुधबार यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३०  जना घाइते भएका छन् ।

सन्धिखर्कबाट बुटबल आउँदै गरेको लु १ ख २३१ नम्बरको यात्रुबाहक र सन्धिखर्कतर्फ गइरहेको लु १ ख ७८२५ नम्मरको ट्रक ठोक्किएपछि दुवै करिब दुई सय मिटर तल खसेका थिए । अहिले प्रहरी र स्थानीयबाट उद्धारको काम भइरहेको छ भने घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

####




0 comments

Write Down Your Comment