बुद्ध नेपालमै जन्मिएको सन्देश फैलाउन युवाहरुले थाले अभियान
####good
- दाङमा बृहत सांगीतिक उत्सब हुने
१४ बैशाख, दाङ । गौतम बुद्धका बारेमा अनावश्यक र झुटो प्रचारबाजी छिमेकी देशहरुबाटै भइरहेका बेला दाङका युवाहरु भने बुद्ध नेपालमै जन्मिएको प्रमाणसहित प्रचार-प्रचार अभियानमा सक्रिय बनेका छन् । रिपोटर्स क्लब दाङमा आइतवार विहान पत्रकार सम्मेलन गरी युवा क्लब तुलसीपुरले अभियान सुरु गरेको जानकारी दिएको हो ।उनीहरुले प्रचार प्रसारका लागि जिल्लामात्रै नभई देशभर नै अभियान लैजाने बताएका छन् । साथै उनीहरुले आफ्नै निजी लगानीमा खाजा खर्च काटेर बचेको पैसाले बुद्ध नेपालमै जन्मेका हुन भन्नेबारे तुलसीपुरमा बृहत सांगीतिक उत्सबको समेत आयोजना गर्न लागेका छन् ।
गौतम बुद्ध नेपालमै जन्मेका हुन सबैलाई सुनाउनुपर्छ हामी सबै नेपाली एक जुट भई आवाज उठाउनुपर्छ’ भन्ने मुल नाराकासाथ तुलसीपुरमा बृहत सांगीतिक उत्सब गरिने भएको हो । पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिब सुरेश हमालले युवाहरुले गर्नलागेको सकारात्मक कामको सबै तह र तप्काबाट स्वागत र सहयोग हुनुपर्ने बताए ।
उनले युवाहरु आपसी मनमुटाव भन्दा आपसी समन्वयका साथ सामाजिक कार्यमा लाग्नेहो भने समाजका व्यथिति समाप्त हुने आशा ब्यक्त गरे । आयोजकका अनुसार उक्त उत्सबमा स्थानीयदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त गाएक गायिकादेखि नायक नायिकासम्म भित्र्याउने तयारी भैहरेको छ । जहाँ गौतम बुद्ध र उनको जीवनीका बारेमा कला साहित्य र संगीतको माध्यबाट चर्चा परिचर्चा मात्रै हैन उनको इतिहास र विगत सबैमाझ प्रस्तुत गरिने युवाहरुले जनाएका छन् । । गौतम बुद्ध सांगीतिक उत्सब २०७१ अाउँदो बैशाख ३१ गते तुलसीपुरको अरनिको मैदानमा बृहत रुपमा गरिने कार्यक्रमका संयोजक हरिकृष्ण वलीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकालहरु रामजी खाँण, सुगम पोख्रेल,आस्था रावत,कमल खत्री,कमल गाँउले लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
####
.jpg)




0 comments
Write Down Your Comment