वैद्य माओवादीको जिल्ला सम्मेलनमा कुर्सी हानाहान
####good
काठमाडौं, वैशाख १३ - काठमाडौंको कीर्तिपुरस्थित स्मृति हलमा जारी नेकपा-माओवादीको जिल्ला सम्मेलनमा कुर्सी हानाहान भएको छ ।

संस्थापन पक्षीय पम्फा भूसाल, दिनेश शर्मा र दिलिप प्रजापतिले प्रस्तुत गरेको ९९ सदस्यीय जिल्ला समिति अस्वीकार गर्दै नेत्रविक्रम चन्द समूहले तोडफोड र कुर्सी हानाहान गरेको हो ।

विवाद मिलाउन बसेकी भूसाललाई कार्यकर्ताले घेराबन्दीमा राखेका छन् । 'केन्द्रीय नेताहरुको प्रस्ताव अस्वीकृत गरेर कार्यकर्ताले माइक खोस्ने काम गरे,' एक सहभागीले भने, 'त्यसपछि चन्द समूहका कार्यकर्ता आक्रोसित भएर कुर्सी हानाहान र तोडफोडमा उत्रिएपछि स्थिति पूरै तनावमय बन्यो ।'

####




0 comments

Write Down Your Comment