द्वन्द्वकालिन मुद्दा उचाले कोही बाँकी रहँदैनन्'
####good
- जनसत्ता र जनअदालत पुनः जन्माउने चेतावनी
काभ्रे, वैशाख १३ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्दा उचाले कोही बाँकी नरहने भन्दै माओवादीका कार्यकर्ताहरुलाई त्यस्ता मुद्दा उचालेर जेल हाल्ने काम गरे कसैलाई नछोड्ने चेतावनी दिएका छन् । उनले माओवादी र १० बर्षे जनयुद्धको योगदान सिध्याउने योजना अनुरुप द्वन्द्वकालका घटनाहरुलाई केही दलहरुले उचालिरहेका आरोप लगाए ।
शनिबार बनेपामा आयोजित नेकपा-माओवादीको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गदै वैद्यले द्वन्द्वकालका मुद्दालाई सरकारी पक्षले अगाडि बढाए जनसत्ता र जनअदालत पुनः जन्माउने चेतावनी दिए । 'द्वन्द्वकाल मुद्धाहरुलाई उचालेर माओवादीलाई फसाउने षडयन्त्र थालिएको छ,' उनले भने 'मुद्दाहरुलाई उचाले कोही बाँकी रहदैनन् । हामी पनि जनसत्ता र जनअदालत जन्माउने छौं ।' माओवादीलाई मात्रै फसाउने नियतले सरकारले राज्य पक्षबाट भएका अपराधहरु लुकाउन खोजेको उनले दाबी गरे ।
'जनसत्ता र जनअदालतबाट को को दोषी र अपराधीहरु छन् । उनीहरु सबैलाई कठघरामा ल्याउने हामी पनि अभियान चलाउँछौं,' उनले भने, 'माओवादीलाई मुद्दा लगाएर सुखसँग बसैला भनेर कांग्रेस, एमालेले नसोचे हुन्छ ।'
नेकपा-माओवादीलाई जानकारी नगराई सरकारले एकलौटी ढंगबाट माओवादीका कार्यकर्ता माथि मुद्दा लगाउने, जेल चलान गर्ने र अरुहरुलाई जोगाउन सत्य निरुपण तथा मिलमिलाप आयोगका गठन गरेको भन्दै त्यसको चर्को विरोध गरे । आयोग गठनप्रति उनले असहमती प्रकट गरे । 'अब हामीहरु मुखमा दही जमाएर बस्दैनौं,' उनले भने, 'माओवादीको सहमतिबिना बनाइएको आयोगको कुनै औचित्य छैन ।'
एमाओवादीसँग पार्टीको एकिकरण असम्भव रहेको ठोकुवा गदै उनले द्वन्द्वकालीन मुद्दा र स्थानीय निकायको निर्वाचनका बारेमा मात्रै एकबद्ध भई अगाडि बढ्ने एमाओवादीसँग सहमति गरेको खुलासा गरे ।
####
.jpg)




0 comments
Write Down Your Comment