कोरियाको संस्मरण समेटेर पुस्तक
####good
२ बैशाख, काठमाडौं । नेपाल-कोरिया सांस्कृतिक केन्द्रले कोरियाको संस्मरणमा आधारित ‘कर्मघरमा एक चक्कर’ पुस्तक प्रकाशन गरेको छ । मन्जु गुरुङले लेखेको उक्त पुस्तक लेखिका गुरुङको कोरिया संस्मरणमा आधारित छ ।
यसअघि दुई देशका कलाकार र साहित्यकारलार्इ सांस्कृतिक भ्रमण गराएको यस केन्द्रले पुस्तक प्रकाशन भने पहिलो पटक गरेको हो । नेपालमा धार्मिक तथा पहाडी पदयात्राका लागि आउने कोरियाली पर्यटक वा विकासवादी कर्मचारी र कोरियामा रोजगारी तथा अध्ययन गर्न जाने कामदार र विद्यार्थीहरू दुई देशका सद्भावना दूतजस्तै बनेका छन् ।
त्यसका साथै अन्तर्देशीय विवाह गर्ने नेपाली-कोरियाली जोडी पनि बढ्दै छन् । लेखिका तिनैमध्येकी एक हुन् । र,  उनको भोगाइमा आधारित उक्त पुस्तकबाट पाठकहरूले कोरियाली समाजको केही झल्को पाउन सक्छन् ।
पु्स्तक प्रकाशनबारे केन्द्रका उपाध्यक्ष मोहन कार्कीले भने, ‘यसलाई आगामी दिनका प्रकाशनहरूको पहिलो पाइलाका रूपमा लिएका छौँ ।’ नेपाल र कोरियाबीचमा सतही र नकारात्मक प्रचार भन्दा पनि एक आपसको सांस्कृतिक सुगन्धलाई दुबै देशका नागरिकबीच फैल्याउने उद्वेश्य अनुरुप पुस्तक प्रकाशित भएको हो ।

####




0 comments

Write Down Your Comment