एमाओवादीद्धारा आन्दोलनको घोषणा
####good
काठमाडौं, वैशाख २ । एकीकृत नेकपा माओवादीले द्धन्द्धकालका घटनालाई ब्युँताएर आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सरकारले फसाउन खोजेको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ । एकीकृतको केन्द्रीय कार्यालयको पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले चितवनमा मुद्दा लगाइएका १३ कार्यकर्तामाथिको अभियोग फिर्ताको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमाओवादीले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्ने मुद्दाहरुलाई अदालत पुर्‍याइएको भन्दै वैद्य माओवादी समेतलाई समेटेर आन्दोलन गर्ने जनाएको छ ।

एमाओवादीले आज प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक समेत बहिष्कार गर्ने निर्णय लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ डाकिएको तीन दलको बैठकमा पुगेका एमाओवादी नेताहरु सोही मुद्दालाई लिए छलफलमा सहभागी नभइ बाहिरिएका थिए । 

####




0 comments

Write Down Your Comment