स्नातक दोस्रो वर्षको परीक्षा आवेदन फाराम खुला (सूचनासहित)
####good
७ बैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक दोस्रो वर्षको परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । त्रिविले आइतवार सूचना जारी गरी स्नातक तह दोस्रो वर्षमा अध्ययनरत नियमित तथा आंशिक तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
सूचनामा स्नातक तह द्वीतिय वर्षका नियमति तथा प्राइभेट परीक्षार्थीले आआफ्नो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरुले सोझै त्रिवि कार्यालय वा आफूलाई पायक पर्ने क्षेत्रिय परीक्षा नियन्त्रण कार्यायलमा आउदो जेठ ५ गतेसम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन भनिएको छ ।
यस्तै त्रिविले परीक्षा शुल्क समेत निर्धारण गरेको छ । सूचनामा पूरा तथा आंशिक (क्याम्पस)का परीक्षार्थीका लागि प्रति खण्ड ४ सय ७० रुपैया, पूरा तथा आंशिक (प्राइभेट) परीक्षार्थीका लागि ९ सय रुपैयाँ तोकिएको छ भने परीक्षा आवेदन फारम शुल्क ६० रुपैयाँ , परीक्षा केन्द्र शुल्क एक सय , प्रयोगातमक परीक्षा प्रति खण्ड एक विषयका लागि एक सय ५०, दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षाका लागि दुई सय ७५ तथा फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्कका लागि पनि दुई सय ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी प्रवीणता प्रमाणपत्र तह प्रथम तथा द्वीतिय खण्डका आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने समय पनि तोकेको गरेको त्रिविले जनाएको छ । परीक्षा फाराम जेठ ५ गतेभित्रमा भरी बुझाउन भनेको छ ।
त्रिविले जारी गरेको सूचना हेर्नुहोस् :

####
.jpg)

0 comments
Write Down Your Comment