जिउँदो शहीद मुकेशले पाए नागरिकता
####good
काभ्रे, वैशाख ७ । २०६२/६३ को जनआन्दोलनमा प्रहरीको गोली लागी घाईते बनेका जिउँदो शहीद मुकेश कायस्थलाई आज नागरिकता दिइएको छ । काभ्रेको बनेपा गाविस वडा नम्बर २ का बासिन्दा मुकेशलाई प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठी र प्रशाशकीय अधिकृत सुनिल निरौलाको टोलीले मुकेशको घरमै गएर नागरिकता प्रदान दिएका हुन् ।आन्दोलनका क्रममा गम्भीर घाइते भएका मुकेश अहिले पनि अर्धचेत रहेका छन् । मुकेशको परिवारले भने मुकेशलाई जिउँदो शहीद घोषणा गरी सोही अनुसारको सुविधा उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment