डिभीको नतिजा आज आउने
####good
अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१५ को नतिजा बिहीबार साँझ सार्वजनिक हुने भएको छ। इडिभीको नतिजा यहाँ हेर्न सकिने छ। गत असोज १९ गतेदेखि कात्तिक १९ गतेसम्म डिभीको फारम भरेकाको नतिजा सार्वजनिक हुन लागेको हो।यसअघि सन् २०१३ मा नेपालका ४ हजार ३ सय ७० जनालाई डिभी चिठ्ठा परेको थियो। सन २०१४ मा नेपालसहित नाइजेरिया, घाना, इरान, इजिप्ट, उज्वेकिस्तान, इथियोपिया र केन्याका नागरिकहरुले डिभी भरेका थिए।
भारत, बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बियालगायत देशलाई भने डिभी भर्न रोक लगाइएको छ।
####
.jpg)



0 comments
Write Down Your Comment