बुद्ध जयन्तीको तयारी पुरा
####good
२८ बैशाख , भैरहवा । २५५८ औँ बुद्ध जयन्ती एवंम लुम्बिनी दिवस समारोहको सम्पूर्ण तयारी पुरा भएको लुम्बिनी बिकास कोषले जनाएको छ । कोषल आइतबार भैरहवामा पत्रकार सम्मेलनको गरी बुद्ध जयन्तीका दिन लुम्बिनी क्षेत्रमा सुरक्षाको दृष्टिकोणले प्रत्येक गेटहरुमा पर्यटकलाई चेकजाँच गर्ने, सुर्तिजन्य पदार्थ, मदिरा बिक्रि बितरण, ताजा मासु, हात हातियार लगायतमा लैजानमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा तमाङले भने मायादेवी मन्दिरको वरीपरी कडा सुरक्षा रहने र मन्दिर क्षेत्रमा सिसिटिभीबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको लुम्बिनी विकास कोषका सदस्य सजिव अजितमान तमाङले बताए । बुद्ध जयन्तीका दिन भैरहवा, बुटवल, देवदह, रामग्राम, पाल्पा लगायतको ठाउँबाट लुम्बिनी आउन चहाने पर्यटकहरुका लागि निशुल्क यातायातको व्यवस्था समेत गरिएको कोषका कोषाध्यक्ष ओम प्रसाद आर्यालले बताए ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी बिकास कोषले विभिन्न संघ संस्था, कर्मचारी, पत्रकार, विद्यार्थी लगायतलाई सम्मान गर्ने जनाएको छ । बुद्ध जयन्तीलाई भव्य रुपमा मनाउनका लागि कोषले संस्कृति, पर्यटन नागरकि उड्डयनमन्त्री भीमप्रसाद अर्चायको अध्यक्षतामा ५ सय ५८ वटा सदस्य मूल समिति तथा ११ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १९ उपसमितिहरु गठन गरिएको कोषले जनाएको छ । बुद्ध जयन्ती सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च हुने कोषले जनाएको छ । बुद्ध जयन्ती बैशाख ३१ गते मनाउने गरिन्छ । 

####




,

0 comments

Write Down Your Comment