बुद्धको जन्मस्थल नेपाल भन्दै दश लाख हस्ताक्षर राष्ट्र संघमा बुझाइने
####good
- महासचिव मुनलाई लुम्बिनी भ्रमण निम्तो दिइने
न्युयोर्क, वैशाख २७ - गौतम बुद्वको जन्मस्थल बिषयमा संकलित १० लाख हस्ताक्षर अगामी बुधबार सयुक्त राष्ट्रको मुख्यालयमा हस्तान्तरण गरिने भएको छ । यसका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजक एडमायर नेपालले जनाएको छन् । 'गौतम बुद्व नेपालमा जन्मिएका हुन' भन्ने मुख्य सन्देश सहित सन २०१२ को जुन देखि शुभारम्भ यो अभियान विश्वव्यापीरुपमा संचालन गरिएको थियो । नेपाल लगायतका विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरु लगायत शुभचिन्तक एवम बौद्व धर्मालम्बीहरुको हस्ताक्षर संकलन भएको छ । अभियानका सुत्रधार क्यालिफोर्निया निवासी प्रेम गुरागाईले ईकान्तिपुर लाई दिएको जानकारी अनुसार बुधबार एक भव्य आयोजनाका बीच संकलित दश लाख हस्ताक्षर राष्ट्र संघको मुख्यालयमा बुझाइने र महासचिव वान कि मुनलाई लुम्बिनी भ्रमणको निम्तो दिइने कार्यक्रम छ । हस्ताक्षर हस्तान्तरण कार्यक्रमको आयोजनाको जिम्मा न्युयोर्क स्थित रिजउड नेपाली सोसाईटीले लिएको छ । विश्व समुदायलाई भगवान बुद्वको जन्मस्थल बारे सुसुचित गराउने यो अभियानमा टेलिभिजन प्रस्तोता एवम संचारकर्मी रवि लामिछानेको पनि महत्वपुर्ण योगदान रहेको छ । 'विश्वले नेपाल चिन्नेछ, बुद्व नेपालमा जन्मिएका हुन्' भन्ने सन्देश सहित गत बर्ष लामिछानेले सबैभन्दा लामो अन्तर्वार्ता संचालन गर्दै गिनिज बुकको विश्व किर्तिमान राखेका थिए । अभियानको सफलताका लागि गुरागाईले गीत रचना समेत गरेका थिए ।
####
.jpg)



0 comments
Write Down Your Comment