आउँ संगै मरौं, म एक्लै मर्दिन्ः सुनार
####good
प्रेम सुनार÷ एक संस्मरण, बैशाख १९ । जिवन रक्षार्थ सहयोगको अपिल सम्वन्धी खवरका लागि उनकै घर दलानमा पुगेर रिर्पोट तयार पारिरहँदा उनि हरवखत श्रीमति र तिनै लालावालको मुहार हेदै भक्कानो छाडेको देख्दा मैले सम्म आँशु थाम्न सकेको थिईन । बाँच्नका लागि हामी संग मात्रै होईन, घरको धुरी खाँवोलाई ईस्वर ठान्दै जम्ले हात गरेर जिवनको दुहाई माग्थे उनि । उनि अर्थात गुल्मी अमरपुर ४ का किशान भन्ने भुपाल सुनार । जो दुवै मृगौलाले काम नगरे पछि जिवन मरणको दोसाँधमा थिए । उपचार खर्च त परै जाओस उनिहरुको घरमा विहान वेलुकाको गुजरा चलाउन समेत कठिन रहेछ । साँझको बेला पुगेको थिएँ । अंगेनाको छेउँमा लडिरहेका भुपाल मलाई देख्न साथ जिवनको दुहाई माग्दै हाम्हालेर रोए ।
चुलाको अभाव र उनिहरुको वरपरको दौडधुप देखेपछि मलाई त्यस घरमा वास वस्न उचित लागेन र भोली रिर्पोट तयार पार्ने गरी पल्लो घरमा गएर वास वसे । अर्को दिन विहान पुरै गाउँ आई पुग्यो उनको घर दलानमा । त्यति धेरै मानिसहरुका सामु रेडियोका लागि वोल्न मलाई साह्रै असहज भयो । जसोतसो वोलेर फर्किएँ । त्यसै हप्ता प्रशारण गर्न समयले साथ दिएन र गत हप्ता उनको जिवनको गोरेटो प्रशारण गरिएको थियो ।
सुन्ने श्रोता एकाधा बाहेक सारा रोएको कुरा हामीलाई थाह भयो । उनि प्रति टिठाएर सहानुभुति प्रकट गर्ने श्रोताको फोन उठाई नसाध्धे थियो । त्यही विचमा अमरपुरबाट फोन आयो र भनियो–‘ उनि त मरी सके नि थाह छैन् ? ’ त्यो सुन्न साथ म सिताम्मे भएँ । काण्माण्डौ लैजादै छौं , ल है सर यो हप्ता जसरी पनि प्रशारण गरी दिनु होला भनेर उहाँका दाजुले फोनमा भन्नु भएको थियो । तर उनको बाटैमा मृत्यु भएको थाह दिईएन् ।
अमरपुरका समाज सेवी लक्ष्मण पराजुलीको पटक पटकको आग्राहमा म व्यस्त समयका वावजुद पनि त्यहाँ पुगेको थिएँ तर पराजुली र सुनार परिवारको उनलाई वचाउने चाहना पुरा हुन सकेन । सुनार आफ्ना लागि भन्दा पनि छोरा छोरी श्रीमतिका लागि वाच्न चाहन्थे । पराजुली भन्दै हुनुहुन्थ्यो सुनारले मर्नुको एक दिन अघि सम्म श्रीमति छोरा छोरी संग भनेका थिए’रे–‘भो अव म बाँच्ने भईन , वरु विष ल्याउ जहाँनैले खाम र संगै मरौं, म एक्लै मर्दिन । ’
श्रीमति छोरा छोरी प्रतिको त्यो कलेस निर्दयी दैवलाई के मतलव । अर्को दिन त्यो परिवारबाट चुँडेछ उनलाई । मर्न त मर्ने तर दुई वर्ष अघि घर बनाउँदा लागेको डेढदुई लाख ऋणको भारी ति लालावालाई बोकाउन चाहन्थे उनि । दुख मजदुरी गरेर छोरा छोरी हुर्काउनु पर्ने श्रीमाति पनि रोगी । एउटी १५ वािर्षय छोरीको मेलापातले धानिएको त्यो परिवारको अहिले कृया खर्च समेत जुटाउन मुस्कील परेपछि दलित महिला संघकी अध्यक्ष कमला वरालको अगुवाईमा चन्दा संकलन कार्य सुरु भएको छ ।
विरवास २ सिरानटोलका छाविलाल बिकले १ हजार रुपैयाँ कृया खर्च सहयोग गर्नु भएको छ । बडागाउँ ६ जलुकेका आत्माराम न्यौपाने ५ सय रुपैयाँ सहयोग गर्ने कुरा ओझेलका खवर सुन्दा सुन्दै घोषण गर्नु भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले ५ सय र लाकुँरीमञ्चको भलामी फोटो स्टुडियोबाट ५ सय रुपैया सहयोग गर्ने कुरा भएको छ । यसरी विभिन्न ठाउँबाट सहयोग घोषणा भएको छ तर आज उनको निस्कने दिन खर्च छैन । मैले लक्ष्मण पराजुलीलाई फोन गरेर भने चलाई दिनुस दाई , कसैले न कसैले त सहयोग गर्लान । मान्छेहरु जिवन र यो जगतलाई बुझदै नवुझी केहि चोट प¥यो कि विष खाने झुण्डीने गर्छन । तर अमरपुरका ति सुनारको ज्युँने चाहन सम्वन्धी गत हप्ताको ओझेलका खवर सुनेर मनन गर्ने हो भने जिवन त निकै अमुल्य रहेछ ,आत्मा हत्या चाँही गर्न हुदो रहेन छ भन्ने मानिसकाता सिर्जना हुने ठानेर उनको जिवन लिला समाप्त भए पनि उनको जिउने चाहना सम्वन्धी गत हप्ताको जिवनको गोरेटो पुनः प्रशारण गरेका छौं । सुनौ र जिवनको महत्व बुझौं । साथमा दुई हप्ता अघि ओझेलका खवरमा जिवनको दुहाई माग्दै उनै स्वर्गिय सुनारको तस्वीर पनि हेरौं

####
.jpg)

0 comments
Write Down Your Comment