जापानी कम्पनी बुटवलमा लगानी गर्न इच्छुक
####good
रूपन्देही : जापानका उद्यमी बुटवल नगर तथा आसपासका क्षेत्रमा कृषिसम्बन्धी परियोजनामा लगानी गर्न इच्छुक देखिएका छन्। जापानको बोप प्रोजेक्ट र मिचुवल फुड इन्डस्ट्रिजका सञ्चालकले बुटवल तथा आसपासका क्षेत्रमा लगानी गर्न सम्भाव्यता अध्ययन गरेका छन्। यसका लागि उनीहरूले बुटवलको औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्रको अवलोकन गरेका छन्। बुटवल उद्योग वाणिज्य संघमा बिहीबार लगानीको सम्भावना र अवसरका सम्बन्धमा छलफलसमेत भएको छ।
मिचुवल फुड इन्डस्ट्रिजका निर्देशक यासुमासा इवाताले आफ्नो कम्पनी जापानमा सफलमध्ये गनिने र दैनिक सात टन अचार उत्पादन गर्ने जानकारी दिए। उनले भने, 'नेपालमा कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने सोचाइ भएकाले बजार अध्ययन गर्न यहाँ आएको हुँ।' यस्तै बोप परियोजनाका परामर्शदाता सासाकी मासाकोले बुटवल र आसपासका क्षेत्रलगायत नेपालका अन्य स्थानको समेत अध्ययन गरी लगानीका लागि योजना तयार गर्ने बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बुटवल नगरमा कृषिजन्य उत्पादनको राम्रो बजार भएकाले अदुवा, कफी, सुन्तला, गोलभेडालगायतका वस्तुमा आधारित प्रशोधन उद्योगको सम्भावना रहेको जानकारी दिए। उनले जापानसँंग बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालको निर्माण तथा संचालनमा संघले सहकार्य गरेको बताए। औद्योगिक क्षेत्रमा पनि जापानसँग सहकार्य गर्न संघ तयार रहेको उनको भनाइ छ। श्रेष्ठले प्रस्तावित मोतीपुर औद्योगिक करिडोरको निर्माणमा सहकार्य गर्न पनि जापानी बोप प्रोजेक्टलाई अनुरोध गरेका छन्।

####
.jpg)

0 comments
Write Down Your Comment