एमाओवादीलाई असिनाले चुट्यो, हुरी चल्दा गेट भत्कियो
####good

  •  पूर्वाञ्चलमा हावाहुरीसहितको वर्षा, अन्यत्र मौसम बदली

१७ बैशाख, काठमाडौं । गर्मीले उकुस-मुकुस भइरहेका पूर्वी तराईका बासिन्दाहरु विहीबार अपरान्ह एकाएक पानी दर्किएपछि खुशी भएका छन् । असिनासहित आएको पानीले बिराटनगरमा भेला भएका एमाओवादी कर्यकर्तामा भने केहीबेर दौडादौड मच्चिएको छ । एमाओवादीले सम्मेलन उदघाटन गरिरहेका बेला आँधी चल्न थालेपछि कार्यक्रम छोट्याइएको थियो ।

सम्मेलन उदघाटन शत्रमा हिमाल शर्मा, हिसिला यमी, शालिकराम जमरकटेल, नारायणकाजी श्रेष्ठ, बाबुारम भट्टराई र प्रचण्डले मात्रै बोल्न पाए । एउटा नाचमात्रै देखाउने समय निक्लेपछि कलाकारहरुले थप बला देखाउन पाएनन् । मौसम बिहानैदेखि बदलिएको भए पनि बाबुराम भट्टराईले बोल्न थालेपछि हुरी चलेको थियो । प्रचण्डले समापन मन्त्यव्य सके लगत्तै कार्यकर्ताहरु कार्यक्रमस्थलबाट लाखा पाखा लाग्न नपाउँदै पानी र असिना बर्सिएको छ । मोरङमा जस्तै झापालगायत छिमेकी जिल्लामा पनि मसुलधारे पानी परेको छ । एकाएक परेको असिना पानीले स्थानीयलाई शीतल अनुभूति गराए पनि किसानको बालीनालीलाई भने असर पुर्‍याएको छ ।

सप्तकोशीपूर्व सप्तकोशीपूर्व असिना पानी परे पनि सिरहादेखि चन्द्रनिगाहपुरसम्मको तराईमा भने पानी पर्नुको साटो हुरी मात्रै चलको छ । कतैकतै छिटफुट पानी परे पनि मौसम बदलीका कारण बुधबार भन्दा शीतल महसुस भएको स्थानीयले बताएका छन् ।  काठमाडौंमा बिहीबार बिहानैदेखि मौसममा बदलाव आएको छ । बुधबारको तुलनामा गर्मी कम भएको छ । 

####




0 comments

Write Down Your Comment