चालक निदाए आफै ब्रेक लाग्ने उपकरण !
####good
१२ जेठ, धनगढी । कैलालीका विद्यार्थी सुमन पौडेलले गाडीको चालक निदाउँदा आफैं बे्रक लाग्ने उपकरण आविष्कार गरेका छन् । पहलमानपुरका विद्यार्थी पौडेलले गाडीको चालक निदाउँदा ’अटोमेटिक’ ब्रेक लाग्ने काइचो गाडी नियन्त्रण प्रणाली (केभीपीएस) आविष्कार गरेका हुन् । उनले यो उपकरण प्रयोगले चालक निदाएर हुने दुर्घटना कम गर्न सहयोग पुग्ने र नेपालमा यस्तो प्रविधिको पहिलो आविष्कारक रहेको दाबी गरेको गोरखापत्रमा खबर छ ।\उनले भने-’केभीपीएस प्रयोग भएको गाडीका चालकले आँखा चिम्लिनेबित्तिकै ‘सेन्सर’को सहायताले गाडीको ब्रेक आफैं लाग्नेछ । ब्रेक झ्याप्पै र विस्तारै कसरी लगाउने त्यो व्यवस्था उपकरणमा छ ।’ यो उपकरण प्रयोगले दुर्घटना कम हुने दाबी गर्दै यसले बढीमा सात सेकेन्डसम्म गाडीमा ब्रेक लगाउने पौडेलले बताए । उनले भने, ‘ब्रेक लागेपछि आगी आफैं बन्द हुनेछ र दुर्घटना हुनबाट जोगिन सक्नेछ ।’ लामो दूरीमा सञ्चालन हुने बढीजसो गाडी दुर्घटना चालक निलाएर हुने गरेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment