सुविन लिम्बु बनिन् मिस नेपाल (फोटोफिचर)
####good
काठमाडौ, वैशाख १९ - अध्ययन र कविता लेखनमा रुची राख्ने धरानकी २३ वर्षीय सुविन लिम्बु मिस नेपाल २०१४ घोषित भएकी छन् । मिस नेपाल प्रतिस्पर्धामा सहभागी १८ सुन्दरीलाई पछि पार्दै उनी उत्कृष्ट चुनिएकी हुन् । प्रतियोगिताका प्रमुख अतिथि रुक्मांगत कटुवालले सोधेको प्रश्नमा दिएको उत्तरको आधारमा ५ फिट ८ इन्च अग्ली सुन्दरी मिस नेपाल घोषित भएकी हुन् ।

काठमाडौंमा बीबीए अध्ययनरत लिम्बु २०१० मा भएको मिस मंगोलकी फस्ट रनरअप पनि हुन् । उनले नगद एक लाख नगदसहित यसै बर्ष आयोजना हुने मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउँनेछिन् ।

प्रतियोगितामा फस्ट रनरअप प्रिन्सा श्रेष्ठ र सेकेण्ड रनरअप सोनी राजभण्डारी घोषित भए । उनीहरुले क्रमशः ६५ हजार र ४० हजार नगदसहित ताज पहिरिए । श्रेष्ठले मिस अर्थ र राजभण्डारीले मिस ईन्टरनेशनलमा सहभागिता जनाउँनेछिन् ।

मिस फोटोजेनिक शितोष्णा वन, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस कम्प्लेक्स्न प्रिन्सा श्रेष्ठ, मिस व्युटीफूल हेयर रश्मी अधिकारी घोषित भए ।

सुविनसहित प्रिन्सा, सोनी, आस्था पोखरेल र प्रनयना टप ५ मा छनौट भएका थिए ।







####




,

0 comments

Write Down Your Comment