एमाले गुल्मीका अध्यक्ष पाण्डेको निधन
####good
९ जेठ, गुल्मी ।
नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेको उपचारका क्रममा शुक्रबार विहान भारतको नयाँ दिल्लीमा निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित पाण्डे भारत स्थित दिल्लीको एम्स अस्पतालमा उपचाररत थिए ।
२०२६ सालमा कम्यूनिष्ट पार्टीमा लागेका पाण्डे तत्कालीन मार्क्सवादी विद्यार्थी संगठन सदस्य, युवा संघको केन्द्रीय सचिव, पार्टीको अञ्चल सदस्य र एकीकरणपछि एमाले जिल्ला सदस्य हुँदै एक वर्ष अगाडि सर्बसम्मत रुपमा जिल्ला अध्यक्ष बनेका थिष्ए ।
एमाले जिल्ला सचिव सोमनाथ सापकोटाका अनुसार पाण्डेका तीन छोरा र श्रीमती छन् । स्वास्थ्यमा समस्या देखिएपछि चैत ७ गते उनलाई उपचारका लागि काठमाण्डौमा लगिएको थियो । काठमाण्डौमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दुई साताअघि दिल्ली लगिएको थियो ।
पाण्डेको शब शुक्रबार सुनौली हुँदै शनिबार पार्टी कार्यालय तम्घासमा ल्याएर श्रद्धाञ्जली दिई अन्तिम संस्कारका लागि रिडी लैजाने सचिव सापकोटाले बताए ।

####




0 comments

Write Down Your Comment