बुटवलमा लु, विद्यार्थी बेहोश
####good
रुपन्देही : प्रचण्ड गर्मीसँगै फैलिएको तातो हावा अर्थात लु ले बुटवलमा विद्यार्थीसमेत बिरामी पर्न थालेका छन्। बुटवल नगरपालिका १३ स्थित नवीन औद्योगिक कदर बहादुर रिता रायमाझी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू बिरामी परेका छन्। एकसाता देखि विद्यार्थीहरूमा बेहोश हुने, ज्वरो आउने र शरिर लुलो हुने जस्ता रोग देखिएपछि आफू तनाउमा परेको प्रधानाध्यापक प्रेम बस्नेतले बताए।
अहिलेसम्म एकसय भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको तथ्यांक छ। अरू विद्यालयका विद्यार्थीहरू लु प्रभावित देखिएका छन्। विद्यालयका संचालक तथा अभिभावकहरू दिउँसोको सट्टा बिहानी कक्षा संचालन गर्ने विक ल्पमा छलफल गरिरहेका छन्।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा आई बिरामी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको छ। परीक्षणबाट लु र पानीको कमीको कारणले उनीहरू शरीर लुलो भई बेहोश भएको पाइएको डा. इश्वर गिरीले बताए।
डा. गिरीले रुपन्देही जिल्लामा गर्मीसँगै झाडापखाला, मलेरिया, टाइफाइडका बिरामीको चाँप बढ्दै गएको तर प्रकोपको रुप भने लिईनसकेको बताएका छन्। यसका लागि जनस्वास्थ्य कार्यालयको रेपिड रेस्पोन्स टिम उच्च सतर्क अवस्थामा रहेको जानकारी समेत उनले दिएका छन्।
त्यसैगरी बुटवल स्थित लुम्विनी अञ्चल अस्पतालमा झाडापखाला, मलेरिया र टाइफाइडका बिरामीको चाँप बढेको स्वास्थ्य अभिलेख अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिएका छन्। यसैबीच जिल्ला शिक्षा कार्यालय रुपन्देहीले विहिवार सूचना प्रकासित गरि लु का कारण प्रभावित भएको पठन पाठनलाई सहज बनाउन विद्यालय व्यवस्थापन समितिले आफू अनुकुल निर्णय गर्न सक्ने भनि अधिकार दिएको जनाएको छ।
लु ले जनजिवन पूर्ण रु पले प्रभावित भएको छ। दिउँसो सडकमा चहलपहल स्वाट्टै घटेको छ। यसले व्यापार र कलकारखानालाई पनि प्रभाव पारेको छ। भैरहवाको गौतमबुद्ध विमान स्थल स्थित मौसम विज्ञान शाखाले विहिवार यस क्षेत्रको तातक्रम अधिकतम ४२ डिग्री भन्दा बढी मापन गरेको छ। शुक्रवार ४३ र शनिवार ४४ डिग्री तापक्रम पुग्ने पूर्वानुमान समेत मौसम शाखाले गरेको छ।
यस क्षेत्रमा एकहप्ता विचमा मौसमको घटबढ हुने क्रम चलेको जानकारी समेत मौसम शाखाले दिएको छ। विगतमा निकै गर्मी हुँदाको वर्ष यस क्षेत्रको अधिकतम तापक्रम ४५ डिग्रीसम्म पुगेको अभिलेख छ। स्वास्थ्यकर्मीहरूले लु बाट बँच्न चिसो खानेकुरा खाने, शित्तलमा बस्ने र बासी सडेगलेका खानेकुरा जथाभावी ढंगले नखाने सुझाव दिएका छन्।
अहिलेसम्म एकसय भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको तथ्यांक छ। अरू विद्यालयका विद्यार्थीहरू लु प्रभावित देखिएका छन्। विद्यालयका संचालक तथा अभिभावकहरू दिउँसोको सट्टा बिहानी कक्षा संचालन गर्ने विक ल्पमा छलफल गरिरहेका छन्।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा आई बिरामी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको छ। परीक्षणबाट लु र पानीको कमीको कारणले उनीहरू शरीर लुलो भई बेहोश भएको पाइएको डा. इश्वर गिरीले बताए।
डा. गिरीले रुपन्देही जिल्लामा गर्मीसँगै झाडापखाला, मलेरिया, टाइफाइडका बिरामीको चाँप बढ्दै गएको तर प्रकोपको रुप भने लिईनसकेको बताएका छन्। यसका लागि जनस्वास्थ्य कार्यालयको रेपिड रेस्पोन्स टिम उच्च सतर्क अवस्थामा रहेको जानकारी समेत उनले दिएका छन्।
त्यसैगरी बुटवल स्थित लुम्विनी अञ्चल अस्पतालमा झाडापखाला, मलेरिया र टाइफाइडका बिरामीको चाँप बढेको स्वास्थ्य अभिलेख अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिएका छन्। यसैबीच जिल्ला शिक्षा कार्यालय रुपन्देहीले विहिवार सूचना प्रकासित गरि लु का कारण प्रभावित भएको पठन पाठनलाई सहज बनाउन विद्यालय व्यवस्थापन समितिले आफू अनुकुल निर्णय गर्न सक्ने भनि अधिकार दिएको जनाएको छ।लु ले जनजिवन पूर्ण रु पले प्रभावित भएको छ। दिउँसो सडकमा चहलपहल स्वाट्टै घटेको छ। यसले व्यापार र कलकारखानालाई पनि प्रभाव पारेको छ। भैरहवाको गौतमबुद्ध विमान स्थल स्थित मौसम विज्ञान शाखाले विहिवार यस क्षेत्रको तातक्रम अधिकतम ४२ डिग्री भन्दा बढी मापन गरेको छ। शुक्रवार ४३ र शनिवार ४४ डिग्री तापक्रम पुग्ने पूर्वानुमान समेत मौसम शाखाले गरेको छ।
यस क्षेत्रमा एकहप्ता विचमा मौसमको घटबढ हुने क्रम चलेको जानकारी समेत मौसम शाखाले दिएको छ। विगतमा निकै गर्मी हुँदाको वर्ष यस क्षेत्रको अधिकतम तापक्रम ४५ डिग्रीसम्म पुगेको अभिलेख छ। स्वास्थ्यकर्मीहरूले लु बाट बँच्न चिसो खानेकुरा खाने, शित्तलमा बस्ने र बासी सडेगलेका खानेकुरा जथाभावी ढंगले नखाने सुझाव दिएका छन्।
####
.jpg)




0 comments
Write Down Your Comment