बहत्तर नगरपालिका थपिए, अब देशभरि १३० नगरपालिका (सूचीसहित)
####good

  • योजना आयोगको उपाध्यक्षमा पोखरेल

२५ बैशाख, काठमाडौं । सरकारले देशभर नगरपालिकाको संख्या १ सय ३० पुर्‍याएको छ । हालसम्म ५८ नगरपालिका रहेकोमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्‍याएको हो । बिहीबार मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले थप ७२ वटा नगरपालिका गठन र सञ्चालनको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिए ।

योजना आयोगको उपाध्यक्षमा पोखरेल
 बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री रिजालले जानकारी दिए । योजना आयोगका उपाध्यक्षमा नियुक्त भएका पोखरेलले यसअघि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक थिए । यस्तै बैठकले मोरङको बिराटनगरमा केही हप्तादेखि फैलिएको जण्डिस र हेपाटाइटिस बी सम्बन्धी अध्ययन तथा नियन्त्रणका लागि मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।


####




0 comments

Write Down Your Comment