पारस खड्का इमर्जिङ सुपरस्टार : दि नेशनल
####good
काठमाडौं, कात्तिक २९ – संयुक्त अरब इमिरेटसबाट प्रकाशित हुने दि नेशनल पत्रिकाले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई ‘इमर्जिङ सुरस्टार’को रुपमा ब्याख्या गरेको छ ।
पत्रिकाले नेपाललाई मुलधारको क्रिकेटमा विश्व सामू चिनाउन खड्काको निकै ठुलो योगदान रहेको चर्चा गरेको छ ।
पत्रिकाले लेखेको छ, ‘युएईमा चलिरहेको यसपालीको विश्व टि ट्वान्टी क्रिकेट क्वालिफाङ प्रतियोगितामा सहभागी राष्ट्रहरूको विविधतालाई हेर्दा 'आई लभ पेरिस' अंकित टिशर्ट लगाएका दर्शकहरू पनि मैदानमा देखिनुलाई अचम्म मान्नु नपर्ला ।
तर फ्रान्स यस प्रतियोगितामा सहभागी छैन। यूगान्डा, पपूवा न्यूगिनी, ईटली र वर्मुडा छन् । तर फ्रान्सेलीहरू छैनन् । तैपनि 'आई लभ पेरिस' अंकित सेतो सादा टिशर्टहरू भने मैदानमा भेटिए । त्यसको पनि कारण छ । हिज्जे गलत नै रहेको होला तर यी सब नेपालको राष्ट्रिय टोलीका कप्तान पारस खड्काका नाममा लेखिएका हुन् ।’
नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि बंगलादेशमा हुने आगामी टि ट्वान्टी विश्वकप पारसले आफ्नो खेल प्रस्तुत गर्ने उपयुक्त अवसर हुने बताएका छन् ।
‘पारस खड्का र शक्ति गौचन जस्ता क्रिकेटरको विषयमा हामी जहिले पनि कुरा गर्छौं,’ दासानायकेले भने, ‘उनीहरुको प्रतिभा विश्वसामू ल्याउने मौका भनेकै विश्वकप क्रिकेट हो ।’ उनले नेपाली टोलीका कप्तान खड्का त्यो अवसरलाई आफ्नो नजिक ल्याउन निकै आतुर रहेको बताएका छन् ।दासानायके भन्छन्, ‘भनिन्छ, भारतीयहरु क्रिकेटका लागि पागल हुन्छन्। त्यसो हो भने नेपाल पनि त्यही पागलखानामासँगै बस्न खुशी नै हुनेछन् । नेपाली क्रिकेटले अहिले धेरै प्रगति गरिरहेको छ। यसमा भारतको पनि महत्वपूर्ण भूमिका छ । किनभने भारतका टीभी च्यानलहरूले अटुटरूपमा देखाउन क्रिकेट खेलको कभरेज उसको हिमाली छिमेकीमा सजिलै उपलव्ध हुन्छन् ।’
उनले काठमाडौंमा हुने क्रिकेटमा हजारौं दर्शक झुम्मिनुको कारण पनि त्यहि नै भएको बताएका छन् । आफूसँग विश्वसनीय टोली भएकैले नेपालीहरु क्रिकेट हेर्न मैदानसम्म पुगेको उनको ठम्याइ छ ।
'धेरैले यसलाई दबाबका रूपमा लिनसक्छन् तर हामी यसलाई मौकाका रूपमा लिइरहेका छौं,' नेपाली टोलीका कप्तान खड्काले भने, 'मेरो जीवनकालमा योभन्दा राम्रो मौका आउला जस्तो मलाई लाग्दैन, । टिमका रूपमा हामी राम्रो गरिरहेका छौं र सानो/सानो कुरामा पनि हामीले ध्यान दिन सक्यौं भने टि ट्वान्टी क्रिकेट जुनसुकै दिशामा जान सक्छ ।'
आफ्ना प्रशिक्षक मात्रै होइनन विपक्षी टोलीका प्रशिक्षक पनि उनीदेखि प्रभावित छन् । 'उनी निकै प्रतिभाशाली खेलाडी हुन्,' युएईका प्रशिक्षक अकिव जावेदले भने, 'उनी मैदानमा पुगेपछि अरू कसैको भर पर्दैनन्। आफैँ सबै जिम्मेवारी लिन्छन् र टोलीमा कप्तानको भुमिका देखाइदिन्छन्।'
खड्काको उद्देश्य पनि आफ्नो टोलीलाई विश्वकपसम्म पुर्‍याउन चाहन्छन् । उनी भन्छन्, ‘हामी विश्वकपसम्म पुग्न चाहन्छौं, बस् !’
हाम्रो पनि यही कामना । खड्काको नेतृत्वमा नेपाली टोली विश्वकपसम्म पुगोस् ।
एजेन्सीको सहयोगमा

####




,

0 comments

Write Down Your Comment