समाचार
»
बुटवलमा रोकिराखेको कारमा आगजनी
बुटवलमा रोकिराखेको कारमा आगजनी
बुटवल, कात्तिक २६ – बुटवलको लक्ष्मीनगरमा रोकि राखेको कारमा आगजनी भएको छ । केहि दिनदेखि लक्ष्मीनगरको रोकी राखेको ग १ ज २०३१ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट कारमा क्षति पुगेको छ । अर्जुन प्रेशको नाममा रहेको कारमा कसले आगो लगाएको भन्ने थाहा नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
0 comments
Write Down Your Comment