राप्रपा नेपाल विभाजित
####good
समानुपातिक सभासद चयन
काठमाडौ, पुस १५ - समानुपातिक तर्फको सभासद चयनको विवादमा रप्रपा नेपाल विभाजित भएको छ । प्रत्यक्षमा एक सिटपनि नजितेको राप्रपा नेपालले समानुपातिकमा २४ सिट पाएर दोस्रो संविधानसभा निर्वाचनबाट चाैथो शक्ति बनेको थियो । २० जना केन्द्रीय सदस्यहरुले नयाँ पार्टी खोल्ने निवेदन निर्वाचन अायोगमा दर्ता गराएका छन् ।
 पूर्व मन्त्री टंक ढकाल, राजाराम श्रेष्ठ, गणेश शेरचन, रमेश श्रेष्ठ, घनेन्द्र सुब्बा, रुपासिंह थापा, इन्द्र चित्रकार, हरिनारायण यादव लगायतका नेताहरुले नेपाली राप‍पा नामको पार्टी गठन गरेका हुन् । उनीहरुले पार्टी विभाजित भएकाले त्यही अनुसार समानुपातिक सभासदको सिट अाफूहरुले पाउनुपर्ने अायोगमा माग गरेका छन् ।


####




0 comments

Write Down Your Comment