कांग्रेसले समानुपातिक सभासद छान्यो, निर्वाचन आयोगमा आजै बुझाइने
####good
पार्टीको संसदीय बोर्डले छानेको सूचिलाई आजै निर्वाचन आयोगमा लैजाने तयारी भइरहेको एक केन्द्रीय सदस्यले नागरिकन्युजलाई बताए।
अहिलेसम्म निर्वाचन आयोगमा हालसम्म १७ वटा राजनीतिक दलले समानुपातिक निर्वाचनअन्तर्गत बन्दसूचीबाट विजयी उम्मेदवारको नामावली आयोगमा बुझाएका छन्। समानुपातिकतर्फ ३१ दलले सिट सुरक्षित गरेका थिए।
सबैभन्दा बढी २४ लाख १८ हजार ३७० मत ल्याएको कांग्रेसले समानुपातिकमा ९१ सिट पाएको थियो। लामो विवादपछि कांग्रेसले समानुपातिकतर्फका सभासद चयन गरेको हो।
२२ लाख ३९ हजार ६०९ मत ल्याएको एमालेले ८४ सिट पाएको थियो भने १४ लाख ३९ हजार ७२६ मत पाउँदै एमाओवादीले ५४ सिट हात पारेको थियो।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आफूले प्राप्त गरेको नौ सिटमा चार पुरुष र तीन महिला विजयी उम्मेदवारको नामावली आयोगमा बुझाएको छ।

####
.jpg)



0 comments
Write Down Your Comment