गुल्मीबाटमात्रै चार महिला सभासद
####good
गुल्मी - नेपाली कांग्रेस र एमाओवादीले सोमबार समानुपातिक सभासदको नामावली सार्वजनिक गरेसँगै यहाँका ४ महिलाले पहिलो पटक संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्।
गुल्मीमा जन्मिएका कोही पनि महिला संविधानसभामा पुगेका थिएनन्। यसपाली ४ महिला संविधान सभामा छिर्ने पक्का भएको हो।

उनीहरु विभिन्न दलको समानुपातिक सभासदको रुपमा संविधानसभा जाँदै छन्। यसपाली नेपाली कांग्रेसबाट सुवर्ण ज्वारचन, एमालेबाट दिलशोभा पुन, एमाओवादीबाट सिर्जना तरामु र नेकपा (माले)बाट कमल विश्वकर्मा सभासद बनेका छन्। यसपाली यहाँबाट कुनैपनि पुरुष समानुपातिक सभासदमा परेका छैनन्। प्रत्यक्षमा भने ३ वटै क्षेत्रमा पुरुष सभासदहरुले जितेका थिए।


####




0 comments

Write Down Your Comment