नेपालमा भ्रष्ट्राचार निवारणमा सुधारः ट्रान्सपरेन्सी इन्टरनेसनल
####good
गएको वर्ष २७ अंक पाएको नेपालले यो वर्ष ३१ अंक पाएको छ।
सूचकांकमा १०० अंकले कम भ्रष्टाचार अर्थात् स्वच्छ र शून्य अंकले अधिकतम भ्रष्टाचार रहेको जनाउँछ । सूचकांकको औसत ५० अंक रहेको छ । ट्रान्परेन्सीले नेपाललाई यो सूचीमा सन् २००४ देखि समावेश गरेको हो।
सन् २०१२ मा १७६ देशको सूचीमा नेपाल १३९ औँ स्थानमा थियो।
नेपालमा भ्रष्ट्राचार निवारणमा सुधार आउनु (अंक घट्नु) मा सरकारले सुशासनका क्षेत्रमा गरेको पहल, रिक्त संवैधानिक निकायहरुमा नियुक्ति, भ्रष्टाचारसम्बन्धी मुद्दाका फैसला, अख्तियारको सक्रियताजस्ता कदमले मदत पुर्याएको ट्रान्परेन्सी इन्टरनेसनलले जनाएको छ।
‘५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त हुन्। यही सूचीमा रहेको नेपालले भ्रष्टाचार नियन्त्रण गर्न अझ प्रभावकारी कदम चाल्नु पर्ने अवस्था छ’, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णु बहादुर केसीले भने।
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका विभिन्न सर्वेक्षणको आधारमा सूचकाङ्कमा नेपालले ३१ अंक पाएको ट्रान्सपरेन्सीले जनाएको छ।
गएको वर्ष बर्टेल्सम्यान फाउन्डेशन, विश्व वैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल जस्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट गरी ५ वटा संस्थाले सर्वेक्षण गरेका थिए।
सर्वेक्षणमा सार्वजनिक पद दुरुपयोग गर्ने माथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, व्यावसायिक कार्यका लागि दिनुपर्ने घुस, सरकार, न्यायालय, संसदका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग, व्यापारमा भ्रष्टाचारको प्रभावजस्ता विषय समेटिएको प्रतिवेदनमा उल्लेख छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष ह्युगेट लावेलले कानुनी छिद्र र सरकारमा राजनीतिक इच्छाशक्तिको अभावका कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रष्टाचारलाई बढावा दिइरहेको जनाएका छन्। ‘यो भ्रष्टाचारजन्य कार्य गरी भाग्नेहरुलाई रोक्ने बेला हो। सूचकांकले भ्रष्टाचार र दण्डहीनता रोक्न घनिभूत प्रयासका लागि घचघच्याइरहेको छ’, लावेलले भनेका छन्, ‘सीपीआई २०१३ ले प्रायःजसो सबै मुलुकले सरकारका सबै तहमा भ्रष्टाचारको खतरा औंल्याएको छ।‘
सूचीमा डेनमार्क र न्युजिल्याण्ड कूल १०० मध्ये ९१ अंकका साथ सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन्। अफगानिस्तान, उत्तर कोरिया, र सोमालिया ८ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन्।
दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ६३, श्रीलंकाले ३७, भारतले ३६, पाकिस्तानले २८, बंगलादेशले २७ र अफगानिस्तानले ८ अङ्क पाएका छन्। मालद्विभ्स सूचीमा समावेश छैन।
####
.jpg)




0 comments
Write Down Your Comment