नेपाली भाषासेवी डा.प्रधान रहेनन्
####good
दिल्ली, पुस ५ - भारतीय नेपाली साहित्यकारमाझ शशक्त र सक्रिय नाम बनाएका डा.कुमार प्रधानको ७६ बर्षको उमेरमा दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा शुक्रबार निधन भएको छ ।
सिलिगुढीस्थित घरमा अस्वस्थ बनेपछि प्रधानलाई एक साताअघि स्थानीय अस्पतालमा उपचारार्थ लैजाँदा पहिलोपटक क्यान्सरको लक्षण देखिएकोमा गत आइतबार मात्रै दिल्लीमा थप उपचारमा ल्याइएको थियो । उपचार क्रममा दिल्ली आएर मात्रै चौथो चरणमा पुगिसकेको पेटको क्यान्सरबारे जानकारी भएको थियो । तर अस्पतालमा उपचाररत रहेकै बेला शुक्रबार बिहान हृदयाघात भएर प्रधानको निधन भएको थियो । प्रधानको शनिबार सिलिगुढीमा अन्तिम संस्कार गरिनेछ ।
कलकत्ता विश्वबिद्यालयबाट पीएचडी गरेका प्रधानले दाजीृलिङ गवर्मेन्ट कलेज र खर्सङ कलेजमा झण्डै २ दशक प्राध्यापन गरेका थिए । प्रधानकी कान्छी छोरी मनासाका अनुसार सन् १९९३ देखि सिलिगुढीबाट नेपालीभाषी पत्रिका 'सुनचरी' दैनिक निकालेर एक दशकसम्म यसको प्रकाशक/सम्पादक रहेका डा.कुमारले पछिल्ला बर्षमा 'हिमालय दर्पण' पत्रिकाको पनि सम्पादन गरेका थिए । दिल्लीस्थित साहित्य अकादेमीले निकालेको प्रधानको 'अ हिष्ट्री अफ नेपाली लिट्रेचर'-१९८४) कृति नेपालका विश्वबिद्यालयमा समेत पाठ्यसामग्री रहीआएको छ । उनको समालोचनासम्बन्धी अर्को कृति 'पहिलो पहर' (१९८२)ले प्रतिष्ठित भानुभक्त पुरस्कार पाएको छ भने साहित्य सम्मेलन पुरस्कार, अगम स्मृति पुरस्कारबाट समेत उनी सम्मानित छन् । डा.प्रधानका सम्पादनमा 'वार्ताहरु'-लेख संग्रह), मालिङ्गो -त्रैमासिक), हाम्रो संसार-मासिक) आदि कृति/पत्रिका प्रकाशित थिए ।  
नेपाली जातीको इतिहास, एकिकरण र सभ्यताबारे लेखिएको प्रधानको अर्को चर्चित कृति 'द गोर्खा कन्क्वेष्ट' (१९९१) काठमाडौंको बजारमा बेस्ट-सेलर रहीआएको छ । 'उहाँ पछिल्ला महिनामा दाजीृलिङमा नेपाली जातीको इतिहासबारे नेपाली भाषामा पुस्तक लेखिरहनुभएको थियो,'छोरी मनासाले भनिन्-'यस्तै नर्थ बंगाल युनिभर्सिटीको भारतीय भाषा केन्द्रको अनुबन्धमा रहेर नेपाली-हिन्दी-अंग्रेजी शब्दकोषको काम पनि टुङ्गयाउन लाग्नुभएको थियो ।'
दार्जीलिङबासी कवि मनप्रसाद सुव्वाले डा.प्रधान भारतीय नेपालीभाषी साहित्यकारमाझ गतिलो प्रभाव र पहुाच राख्ने बिशिष्ट प्रतिभा भएको टिप्पणी दिएका छन् । 'समालोचना, पत्रकारिता र इतिहास लेखनका काममा डा.प्रधानको योगदान अतुलनीय छ,'उनले फोनमा भने ।  
नेपालको साहित्यिक वृत्तमा पनि निकै चिनिएका डा.प्रधान गोर्खाल्याण्ड अभियानका पक्षधर पनि थिए । प्रधानका दुइ छोरा, दुई छोरी र एक श्रीमती छन् ।


####




0 comments

Write Down Your Comment