एमाले सूचीप्रति भुवन केसी असन्तुष्ट, आज पत्रकार सम्मेलन गरी असन्तुष्टी सार्वजनिक गर्ने
####good
काठमाडौ, पुस १४ - एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति कलाकार भुवन केसीले असन्तुष्टी जनाएका छन् । समानुपातिकमा पार्ने आश्वासन पाएका केसीले आज पत्रकार सम्मेलन गरेर असन्तुष्टी सार्वजनिक गर्ने भएका छन् ।
सुरुमा एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट दिएपनि विरोधपछि फिर्ता लिएको थियो । उनको स्थानमा एमालेले बिद्या न्यौपानेलाई उठाएको थियो । प्रत्यक्षतर्फको टिकट फिर्ता भएपनि उनले देशभर पुगेर एमाले नेतालाई प्रचारमा सघाएका थिए । केसी करिब तीन बर्ष अघि एमालेमा प्रवेश गरेका हुन् ।
प्रत्यक्षतर्फ टिकट नपाएपनि उनले समानुपातिकमा पर्ने आश्वासन पाएको बताउँदै आएका थिए ।
तीन दिन गोकर्ण रिसोर्टमा चलेको एमाले स्थायी समितिको वैठकले समानुपातिकको सूची तयार गरी शनिबार निर्वाचन आयोगमा बुझाइएको छ । म्याद सकिनु दुई दिन अघि एमालेले बुझाएको सूचीमा धेरैले असन्तुष्टी जनाउदै आएका छन् ।
सूचीमा अनेरास्ववियूकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री, राजेन्द्र राई र ठाकुर गैरेजस्ता यूवा नेता नपरेकोमा विरोध भएको छ ।

####




0 comments

Write Down Your Comment