देवरले गरे आफ्नै भाउजुको हत्या
####good
काठमाडौं, पौष ११ । आफ्नै भाउजुलाई बोक्सीको आरोपमा हत्या गर्ने हरिबहादुर मर्हजनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले आज अभियुक्त महर्जनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।मर्हजनले आफ्नै भाउजु ४२ वर्षीया बसन्ती महर्जनलाई बोक्सीको आरोपमा हत्या गरी कीर्तिपुरस्थित पाण्डेछापको आफ्नै गोठमा खाल्डो खनेर पुरेको प्रहरीले जनाएको छ ।
उमेश महर्जनले आफ्नी श्रीमती हराएको उजुरी दिएपछि अनुसन्धानका क्रममा गत मंगलबार हरिबहादुरको गोठमा पुरेको अवस्थामा बसन्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment