राशिफल: २०७० पुस २८–माघ ४
####good
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैचारिक क्षमता बढ्नेछ । तपाईको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ । मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबार र शुक्रबार भने अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला । सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । आम्दानी बढ्नेछ । सप्ताहान्तमा भने अलि धोकामा परिने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुरुको समय अलि कमजोर देखिन्छ । काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सोमबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनेछ । सहयोगीहरू जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । काममा उत्साह थपिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय रमाइलो रहला । सुरुमै राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । टाढाको यात्रा सम्भावित छ । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । विभिन्न उपहार पाइनेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी पनि प्रशस्तै हुनेछ । बिहीबार र शुक्रबार भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । सप्ताहान्त भने उत्साहवद्र्धक नै रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । साताको अन्त्यमा खर्च अलि बढ्नेछ । केही नोक्सानीको योग पनि छ । यात्रा भने फलदायी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुमा कामको बोझ पनि थपिनेछ । व्यावहारिक समस्या पनि आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । सोमबारदेखि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुको समय रमाइलो रहला । रमाइलो यात्रा सम्भावित छ । प्रेमको बन्धन पनि कसिने बेला छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । सोमबारपछि भने केही समस्यामा परिनेछ । चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना काममै अल्झिनुपर्ने समस्या आउलान् । बिहीबारदेखि स्थितिमा सुधार आई समय अनुकूल बन्नेछ । धर्मकर्ममा मन जाला । समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नयाँ काम पाइनेछ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शरीरमा आरोग्य र स्पूmर्ति बढ्नेछ । प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । प्रशस्त धन लाभ हुनेछ । अधुरा काम बन्ने समय छ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बिहीबार र शुक्रबार भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । तापनि सप्ताहान्त फलदायी रहनेछ । इच्छाएको वस्तु प्राप्त होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । व्यापार–व्यवसायमा फाइदा होला । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पनि पाइएला । सप्ताहान्तमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुरुमा अस्वस्थता र कमजोरी अनुभव हुनेछ । नजिकका व्यक्रबाटै धोका हुन सक्छ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । तर, महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । सोमबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । सप्ताहान्तमा रमाइलो यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कर्मप्राप्तिको योग छ । सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । सोमबारपछि भने समय अलि प्रतिकूल रहला । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ । तापनि निराश नहुनुहोस्, बिहीबारदेखि रोकिएका काम बन्नेछन् । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
####




0 comments

Write Down Your Comment