गोली प्रहारबाट घाइते आलमको निधन
####good
दुई जना प्रहरीलाई पनि लाग्यो
निजगढ (बारा), पुस १७ - गोली प्रहारबाट घाइते भएका ट्रक व्यवसायी अफताफ आलम अन्सारीको निधन भएको छ ।
आपराधिक समूहको गोली प्रहारबाट घाइते जितपुर गाविस- ३ का ३५ वर्षीय अन्सारी वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउको पछाडि गोली लागेको थियो ।
बुधबार दिउँसो घर अगाडि घाम तापेर बसिरहेको बेला उनलाई मोटर साइकलबाट
आएका दुई जनाले गोली हानेका थिए । गोली हान्ने भारत लखनउका विपिन यादव र रवि पाण्डे पक्राउ परेका छन् ।
उखुबारीबाट उनीहरुलाई प्रहरीले घेराबन्दी गरी समातेको हो । उनीहरुको साथबाट चारवटा पेस्तोल बरामद भएको छ ।
घटना स्थानीय प्रहरी कार्यलयदेखि करिव पचास मिटर टाढा भएको हो ।  आक्रमणकारीलाई पछ्याउँदै गर्दा उनीहरुले चलाएको गोली लागेर दुई जना प्रहरीसमेत घाइते भएका  छन् ।
इनरवा सिरा प्रहरी चौकीका असई मात्रिका ठाकुरको ढाड र हातमा र सिपाही शेख सबजानलाई तिघ्रामा गोली लागेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
####




0 comments

Write Down Your Comment