अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली सभासद्
####good
राष्ट्रिय समाजवादी पार्टी (रामसपा) ले भने संविधान, कानुन र मन्त्रिपरिषद्को निर्णयको खिल्ली उडाउँदै अमेरिकी गि्रनकार्ड लिइसकेकी निर्जला राउतलाई समानुपातिक सभासद सिफारिस गरेको छ । राउत पार्टीकी राष्ट्रिय सल्लाहकार पनि हुन् ।रामसपाले समानुपातिकतर्फ पाएको तीन सिटमा राउत, महोत्तरीका धमेन्द्र साह र धनुषाका दिनेश साहलाई सिफारिस गरेको हो । उसले प्रत्यक्षमा एक सिट पनि जितेको थिएन् । गि्रनकार्ड लिएकी राउत भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्दै आएका छन् । गि्रनकार्ड अमेरिकामा नागरिकता पाउनुअघिको पहिलो चरण हो ।
राउते भने पति र आफ्ना छोराछोरी सबै अमेरिकी नागरिक र गि्रनकार्ड होल्डर भएपनि आफू गि्रनकार्ड होल्डर नभएको दाबी गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘फेमेली सबै गि्रनकार्ड होल्डर छन्, मैले चाँही लिएकी छैन्,’ राउतले भनिन्-’म व्यापार गर्न नेपालमै बसिरहेकी छु ।’
रामसपाका प्रवक्ता इजहार मिकरानीले पनि राउत गि्रनकार्ड होल्डर भएको पुष्टि गरे । ‘उहाँका पति अमेरिकी गि्रनकार्ड होल्डर हुनुहुन्छ,’ मिकरानीले भने, ‘गि्रनकार्ड होल्डर भएकाले उहाँको सभासद् पद धरापमा छ ।’
विदेशी नागरिक हुने क्रममा रहेको व्यक्ति नेपाली सभासद् बन्नु नागरिकता ऐनको मर्म विपरीत हुने पूर्वगृह प्रशासकहरु बताउँछन् । अर्को मुलुकको नागरिकता लिने क्रममा रहेको व्यक्ति नेपालभन्दा अर्कै मुलुकप्रति नै बफादार हुने भएकाले यहाँको सभासद बन्न कानुनी, राजनीतिक र नैतिक रुपमा नमिल्ने उनीहरु बताउँछन् ।
नागरिकता ऐनमा विदेशी नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ ।
####
.jpg)



0 comments
Write Down Your Comment