रसिया पठाइदिने भन्दै पौने करोड ठगेर दुई फरार
####good
१२ बैशाख, भैरहवा । युरोपका विभिन्न देशमा पठाइदिने भन्दै करोडौं रकम उठाएर एक व्यक्ति बुटवलबाट फरार भएका छन् । रुपन्देहीको बुटवलस्थित चाहाना हृयुमन रिर्सोस एण्ड कन्सलटेन्सीका सञ्चालक भरत ठकुरी र मेरबबहादुर तमाङ (क्षितिज) ले युरोपका विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न जिल्ला व्यक्तिसँग करिब ५ करोड रुपैयाँ ठगेर फरार भएका हुन् । शुक्रबार भैरहवामा पत्रकार भेटघाट गरेर पीडितहरुले आफूहरु ठगिएको कुरा खुलाएका हुन् ।तनहुँको सतिस्वारा-२ का नगरिकता नम्बर ८०५०५ भएका भरत ठकुरी र बुटवलका मेरबबहादुर तमाङ (क्षितिज) ले ३४ जना व्यक्तिहरुलाई ठगेर फरार भएका हुन् । क्यानडा, स्पेन, रसिया लगायतका देशहरुमा राम्रो तलब, सेवा, सुविधा पाइने भन्दै निकालिएको विज्ञापनका अधारमा आफूहरु उनीहरुको सम्पर्कमा पुगेपछि ठगिएको पीडितहरुले बताए । सञ्चालकले रसियको भिसा लागिसकेकाले बैशाख ३ गते उड्न पाइने भन्दै रकम असुलेका थिए ।
कहिले विदेश नगएका आफूहरुलाई सञ्चालकले रसियाको भिसा दिएपछि बैशाख ३ गते उड्ने आशमा रकम बुझएपछि ठगिएको एक पीडितले बताए । रसिया जाने एकजना युवासँग ६ लाख ५० हजार रुपैयाँका दरले जम्मा ८४ लाख ४० हजार रुपैयाँ ठगेर संचालकहरु फरार भएका हुन् । पीडितहरुले बैशाख २ गते सञ्चालकलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि संचालकको घरमा पुग्दा पनि आफुहरु ठगिएको बुझेका थिए । ठगिएको थाहा पाएपछि बैशाख ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपनि खोजी कार्य जारी रहेको भन्दै प्रहरी पन्छिने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
‘इप्रका बुटवलमा जाँदा वडा प्रहरी कार्यालयमा पठाउँछन्, वडा प्रहरी कार्यालयमा जाँदा इप्रकामा पठाउँछन्, प्रहरी नै सञ्चालकलाई बचाउन लागेका छन् ।’ एक पीडितले भने । विभिन्न व्यक्तिहरुलाई विदेश पठाइदिने सपना देखाउँदै ठगी गर्ने गिरोहलाई पक्राउ नगर्दा प्रहरी पनि सञ्चालकसँग मिलेको आशंका पीडितहरुले गरेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment