भाइ मार्नेलाई सर्वस्वसहित जन्मकैद
####good
तेह्रथुम, वैशाख १२ - आफ्नै भाइलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने चुहानडाँडा- २ का हरीमाने भनिने केदार खातीलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

भाइको हत्या गरेको आरोपमा थुनामा रहेका खातीलाई जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले मुलुकी ऐन ज्यानसम्वन्धि महलको १३ (१) नं.वमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

खातीले गत माघ २३ गते बेलुकी मादक पदार्थ सेवन गरी १४ वर्षीय भाइ भक्ति खातीलाई कत्ती प्रहार गरी हत्या गरेका थिए । हत्यापछि उनका बाबु नारायण खातीले प्रहरी सक्षम किटानी जाहेरी दिएका थिए ।

####




0 comments

Write Down Your Comment