शिव पौडेललाई आक्रमण गरी हत्या गरेको अभियोगमा ८ जनालाई जन्मकैद
####good
चितवन, चैत्र २० । भरतपुर कारागारभित्र शिवप्रसाद पौडेलको हत्याका अभियुक्त मध्ये ८ जनालाई जिल्ला अदालत चितवनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले आज शिवका हत्याराहरुलाई जन्मकैदको फैसला गरेको हो ।सर्वस्वसहित जन्मकैदको सजाय पाउनेहरुमा सुनिल गुरुङ, सरण गुरुङ, सुनिल केसी, फणिन्द्र श्रेष्ठ, छोइला भनिने सुरज श्रेष्ठ, दिलबहादुर लामा, सजेन्द्र राई र अमिर गुरुङ रहेका छन् ।
सो मुद्दाका १७ जना अभियुक्त मध्ये ६ जनालाई ५ वर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालतका नायवसुब्बा जयनारायण आचार्यले जानकारी दिए । ५ वर्षको कैद सजाय पाउनेहरुमा प्रकाश तामाङ, अमित लामा तामाङ, विक्रम लामा, चन्द्रबहादुर थापा मगर, भीमकुमार पाख्रिन र राजकुमार घलान रहेका छन् ।
त्यसैगरी, प्रतिवादी ३ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेहरुमा दीपक शाह, सूर्यबहादुर पुन र सफेन्द्र तामाङ रहेका छन् । घटनाको योजना बनाउने भनिएका १० जनाले पनि सफाइ पाएका छन् ।
तरुण दल चितवनका तत्कालीन जिल्ला अध्यक्ष पौडेल २०६८ मंसिर २० गते बिहान भरतपुर कारागारभित्रै भएको आक्रमणमा घाइते भएकोमा उपचारको क्रममा काठमाडौमा मृत्यु भएको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment