सुरुङमा थुनिएका १५ जना सकुशल, उद्धार कार्य जारी (अपडेट)
####good
पोखरा, वैशाख १२ । कास्कीको सिल्दुजुरे गाविसमा निर्माणधीन उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका १५ जना मजदुरको अझै उद्धार हुन सकेको छैन । सुरुङ खन्ने क्रममा माथिबाट खसेको पहिरोले १३ नेपाली र दुई चिनियाँ पुरेको हो ।

प्रहरी र स्थानीय बासिन्दाले पहिरो पन्छाउने कोसिस गरिरहेको बताइएको छ । अक्सिजन लगिएको पाइप मार्फत बाहिरबाट सम्पर्क गर्दा मजदुरहरुले आफूहरु जीवितै रहेको भन्दै पानी र अक्सिजन आपूर्ति गर्न भनेको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

पूर्वी कास्कीको उक्त स्थानमा पुग्न पोखराबाट दुई घण्टाको मोटर यात्रा गर्नुपर्ने भएकाले छिटो र प्रभावकारी उद्धार हुन नसकेको बताइएको छ ।

२५ मेगावाट क्षमताको यो जलविद्युत आयोजना कास्कीमा रहेको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।


####




0 comments

Write Down Your Comment